अमेरिकाले कब्जा गरेको इरानी जहाजको चालक दलका १५ सदस्य इरानलाई हस्तान्तरण

संयुक्त राज्य अमेरिकाले कब्जा गरेको इरानी जहाज तौस्काका १५ जना चालक दलका सदस्यलाई पाकिस्तानले इरानी अधिकारीहरूलाई हस्तान्तरण गरेको अधिकारीहरूलाई उदृत गर्दै सिन्ह्वाले जनाएको छ ।
दक्षिणपश्चिमी बलुचिस्तान प्रान्त स्थित इरानको सिमानामा रहेको तटीय जिल्ला ग्वादरको गब्द–रिमदान सीमा नाकाबाट उनीहरुलाई हस्तान्त्रण गरिएको ग्वादरका उपायुक्त नकीबुल्लाह काकरले पुष्टि गर्नु भएको छ ।
पाकिस्तानको मध्यस्थतामा दुई पक्ष बिच आवश्यक समन्वय र छलफल पछि चालक दलका सदस्यहरूलाई औपचारिक रूपमा इरानी अधिकारीहरूलाई हस्तान्तरण गरिएको काकरलाई उदृत गर्दै सिन्हुवाले बताएको छ ।
हस्तातण गरिएका १५ जना चालक दलका सदस्यहरू संयुक्त राज्य अमेरिकाले कब्जा गरेको कन्टेनर जहाजमा रहेका २२ जना इरानी नागरिकहरू मध्यका व्यक्तीहरु भएको जनाइएको छ । जसलाई गत महिना अमेरिकाले कब्जामा लिएर पछि पाकिस्तान लगिएको थियो ।
बाँकी चालक दलका सदस्यहरूलाई अर्को चरणमा फिर्ता गर्ने अपेक्षा गरिएको सुरक्षा स्रोतहरूले नाम न छाप्ने सर्तमा बताएको सिन्हुवाले जनाएको छ ।
यस अघि पाकिस्तानको विदेश मन्त्रालयले अमेरिकाको विश्वास निर्माण गर्ने उपायको रूपमा चालक दलका सदस्यहरूको स्थानान्तरणलाई सहज बनाएको जनाएको थियो । जस अनुरुप उनीहरूलाई इरानमा फिर्ता गर्नका लागि रातारात पाकिस्तान लगिएको जनाइएको छ ।
















समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाम सार्वजनिक
क्यानले नेपाल ‘ए’ टोलीले खेल्ने अन्तर्राष्ट्रिय शृङ्खलाको खेल तालिका सार्वजनिक
गहना पसलमा पेस्तोल ताक्दै लुटपाट गर्ने समूहका तीन जना पक्राउ
स्वास्थ्य मन्त्रालयका १९३ पदाधिकारी भए पदमुक्त
सरकार द्वारा राष्ट्रियस्तरका १२ ट्रेड युनियनको दर्ता खारेज
मन्त्रिपरिषद्को बैठक बस्दै, मन्त्रालय मर्ज र खारेजसम्बन्धी खाका पेस गर्ने तयारी
तमिलनाडुका मुख्यमन्त्री बन्दै विजय थलापति !
अमेरिकी जहाजलाई इरानले होर्मुजमा गर्यो आक्रमण
युएइमाथी फेरी इरानले गर्यो मिसाइल र ड्रोन आक्रमण
प्रतिक्रिया