थलापति विजयका ड्राइभरका छोरा बने विधायक

काठमाडाैं । तमिलनाडु विधानसभा चुनावमा अभिनेताबाट राजनीतिज्ञ बनेका थलापति विजय नेतृत्वको टिभीके पार्टीले भारी जित हासिल गरेकाे छ ।
निर्वाचनमा विजयका ड्राइभर राजेन्द्रनका छोरा आर. सबरीनाथन विरुगमपक्कम पनि विजयी भएका छन्।
सबरीनाथनले तमिलनाडुको विरुगामबक्कम निर्वाचन क्षेत्रमा जित हासिल गरेका हुन् । उनले डीएमके विधायक एएमभी प्रभाकर राजालाई २७ हजार ८६ मतको ठूलो अन्तरले पराजित गरेका हुन् ।
२३४ सदस्यीय विधानसभामा १०० भन्दा बढी सिट जितेर तमिलगा वेत्री कझगमले दह्रो उपस्थिति जनाइरहेको छ । बहुमतका लागि आवश्यक ११८ को संख्याभन्दा केही कम भए पनि यस तथ्यांकले तमिलनाडुको राजनीतिक परिदृश्यमा ठूलो हलचल ल्याएको छ।
थलपति विजय आफैले तमिलनाडुको चुनावमा पेराम्बुर निर्वाचन क्षेत्रमा ५३,००० भन्दा बढी मतको भारी अन्तरले जितेका छन्। जनताले विजयको दृष्टिकोणलाई स्वीकार गरेकाे र उनी राज्यको अर्को मुख्यमन्त्री बन्न सक्ने पार्टी नेताहरूको दाबी छ ।















नौ महिनामा एक हजार बढीको शल्यक्रिया
कीर्तिपुर हत्या प्रकरण : तीन जना पक्राउ
ट्रकको ठक्करबाट प्रहरी सहायक हवल्दारको मृत्यु
फेवातालमा फसेका पाँच भारतीयको सशस्त्रद्वारा सकुशल उद्धार
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया