दराजले ल्यायाे ५.५ बिग समर सेल

काठमाडौं । गर्मीमा तापक्रम बढ्दै गइरहेको छ, दिनहरू अझ लामा हुँदैछन् । यही अवसरमा नेपालकै अग्रणी अनलाइन किनमेल गन्तव्य दराज नेपालले आफ्नो बहुप्रतीक्षित बिग समर सेल सार्वजनिक गरेको छ । यस सेल मार्फत दराजले देशभरका ग्राहकहरूका लागि आकर्षक अफरहरूको नयाँ लहर नै पस्केको छ ।
दराज ५.५, बिग समर सेल, वैशाख २१ (मे ४)को बेलुका ८ बजेदेखि सुरु भई वैशाख २६ (मे ९) सम्म सञ्चालन हुने छ । यस अवधि भर ग्राहकहरूले ८०% सम्मको आकर्षक छुट, छनोट गरिएका सामानहरूमा निःशुल्क होम डेलिभरी, तथा रु. ५५ लाख बराबरका भौचरहरू प्राप्त गर्न सक्नु हुनेछन् । अवसरको बहार नै बोकेर आफ्ना उपभोक्ता समक्ष दराजद्वारा सार्वजनिक यस सेलले गर्मीको समयमा उत्कृष्ट किनमेलको अवसर प्रदान गर्ने कम्पनीको विश्वास छ ।
दराजद्वारा आफ्ना उपभोक्तालाई अझ उत्साहजनक शपिंग अनुभव प्रदान गर्न समय समयमा सार्वजनिक हुँदै आएका विभिन्न सेलमा जस्तै यसमा पनि अझ उत्साह थप्दै, विशेष साझेदार अफरहरू पनि उपलब्ध गरिएका छन् । ग्राहकहरूले प्लाटिनम पार्टनर्स पिल्ग्रिम र मारिकोका तर्फ बाट १५% सम्म, गोल्ड पार्टनर्स ब्राण्डहाउस, होनसा र मिनिमलिस्टका तफ बाट ६०% सम्म, तथा सिल्भर पार्टनर्स ¥होतो, नुलाइट र एमडब्ल्यूसीका तफ बाट ७०% सम्मको छुट पाउन सक्नेछन् । साथै, ईसेवाका प्रयोगकर्ताहरूले विशेष ‘रश आवर’ अफरहरू पनि प्राप्त गर्न सक्नु हुनेछन् । यसले किनमेल अनुभवलाई अझ लाभदायक बनाउने कम्पनीको दावी छ ।
ग्राहकहरूले आफ्ना एच्छित सामग्रीहरुमा उत्कृष्ट मूल्य सुनिश्चित गर्न “बेस्ट प्राइस” ट्याग भएका उत्पादनहरूमा दराजको २ गुणा प्राइस डिफरेन्स रिफन्ड प्रोमिस पनि लागू हुनेछ । यस आधारमा यदि कुनै ग्राहकले नेपालभित्र अन्य अनलाइन प्लेटफर्ममा सोही उत्पादन यहाँ निर्धारित भन्दा कम मूल्यमा भेट्टाउनु भएमा, योग्यताको सर्त अनुसार दराजले मूल्य अन्तरको दोब्बर रकम फिर्ता गर्नेछ । यसले ग्राहकहरूलाई अझ विश्वस्त रूपमा किनमेल गर्न सहयोग पुर्याउने कम्पनीको दावी छ ।
दराज ५.५, बिग समर सेलको यस संस्करण अन्तर्गत, ग्राहकहरूले हल्का र स्टाइलिश फेशन सामग्रीदेखि घरलाई गर्मीअनुकूल बनाउन आवश्यक वस्तुहरू, स्वास्थ्य तथा सौन्दर्य, फेसन, अडियो तथा वेयरेबल्स, फर्निचर, गृह सजावट लगायत विभिन्न क्याटेगोरीहरुमा समेत आकर्षक अफरहरू पाउन सक्नुहुनेछ । नयाँ ग्याजेट खोज्दै हुनुहुन्छ, गर्मीका आवश्यक सामग्री किनमेल गर्दै हुनुहुन्छ वा दैनिक आवश्यक वस्तुहरू खरिद गर्न चाहनुहुन्छ, यहाँ सबैका लागि केही न केही उपलब्ध रहने कम्पनीको प्रतिबद्धता रहेको छ ।
सहज एप अनुभव, आकर्षक अफरहरू र अतुलनीय सुविधासहित, दराज नेपालले सबैलाई यो गर्मीमा घरमै बसेर किनमेलको आनन्द लिन र उत्कृष्ट बचतको अवसर उपयोग गर्न आमन्त्रण गरेको छ ।
















‘इरानसँग सम्झौतामा प्रगति’ भएको भन्दै ट्रम्पले ‘प्रोजेक्ट फ्रीडम’’ स्थगित गरे
अष्ट्रेलियाको विन्डम सिटी र गोदावरी नगरपालिकाबीच ‘मित्रता शहर’ सम्झौता
अनधिकृत लिङ्क नखोल्न सीआईबीको आग्रह
निजी क्षेत्रलाई विश्वासमा लिएर लगानीको वातावरण बनाए सरकारको आर्थिक वृद्धिको लक्ष्य सजिलै हासिलहुन्छ-अध्यक्ष ढकाल
मौसम पूर्वानुमान: आज यी पाँच प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता पठाउँदै राष्ट्रपति
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
प्रतिक्रिया