बुधबार, वैशाख २३, २०८३

ट्रेड युनियनका कार्यालय बन्द गर्न परिपत्र, कर्मचारी नेतालाई काम खटाउन निर्देशन

मेरोन्यूज २०८३ वैशाख २२ गते २०:४९

सरकारले कर्मचारी ट्रेड युनियनका कार्यालय बन्द गरी कर्मचारीलाई दरबन्दी अनुसारको जिम्मेवारीमा खटाउन परिपत्र गरेको छ। 

Advertisement
NiccNicc

मंगलबार संघीय मामिला ताथ सामान्य प्रशासन मन्त्रालयले सबै मन्त्रालय, विभाग, आयोग, सचिवाल र निकायलाई परिपत्र गरेको छ।

यससँगै ट्रेड युनियन र त्यसमा आवद्ध कर्मचारुीले ट्रेड युनियन प्रयोजनका लागि कार्यालय भवन, कार्यकक्ष, सवारी साधान लगायतका अन्य सेवा सुविधा तथा सरकारी सम्पत्तिको उपयोग गरेको भए फिर्ता लिन भनिएको छ। 

यससँगै ट्रेड युनियनको नेतृत्वमा रहेका कर्मचारीलाई पनि तोकिएको दरबन्दी अनुसार काममा खटाउन निर्देशन दिइएको छ। ‘ट्रेड युनियनका विभिन्न स्तरका समितिमा आवद्ध भएका कर्मचारीहरूलाई तोकिएको दरबन्दी अनुसारको कार्य जिम्मेवारीमा खटाउने व्यवस्था मिलाउनुहुन मिति २०८३ वैशाख २२ को सचिवस्तरीय निर्णयानुसार अनुरोध छ,’ पत्रमा भनिएको छ। 

प्रतिक्रिया