हतियार देखाएर सुनचाँदी पसल लुट्न खोज्ने २ जना पक्राउ

काठमाडौँ । हतियार देखाएर शृङ्खलाबद्ध लुटपाट मच्चाउने दुई जना पक्राउ गरेका छन् ।
काठमाडौँ महानगरपालिका–२९ इन्द्रचोकस्थित एक सुनचाँदी पसलमा हतियार देखाइ लुटपाटको प्रयास गरेको अभियोगमा दुई जनालाई काठमाडौँ प्रहरीले पक्राउ गरेको हो ।
लुटपाटमा संलग्न भक्तपुरको थिमी नगरपालिका–९ बोडे बस्ने ३० वर्षीय विकेश राजवाहक र काठमाडौँ महानगरपालिका–१९ डल्लु बस्ने ३४ वर्षीय अरुण भुजेललाई जिल्ला प्रहरी पसिसर काठमाडौँको टोलीले पक्राउ गरेको हो ।
उनीहरुबाट चिनियाँ पेस्तोल र त्यसको म्यागजिन, गोली र एक थान तथा सो समयमा प्रयोग भएको कपडा र स्कुटरसमेत बरामद गरिएको काठमाडौँ परिसरका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले जानकारी दिए ।
उनीहरुले गत पुस २१ गते काठमाडौँ महानगरपालिका–२५ मासन गल्लीस्थित एक होलसेल पसलमा पनि पेस्तोल देखाई दुई तोलाको सुनको सिक्री, नगद रु चार लाख, मोबाइल र सिसीटिभीसमेत लुटेको अनुसन्धानका क्रममा खुलेको छ ।
निजमाथि थप अनुसन्धान भइरहेको काठमाडौँ प्रहरीद्वारा आज जारी विज्ञप्तिमा जनाइएको छ ।
















समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाम सार्वजनिक
क्यानले नेपाल ‘ए’ टोलीले खेल्ने अन्तर्राष्ट्रिय शृङ्खलाको खेल तालिका सार्वजनिक
गहना पसलमा पेस्तोल ताक्दै लुटपाट गर्ने समूहका तीन जना पक्राउ
स्वास्थ्य मन्त्रालयका १९३ पदाधिकारी भए पदमुक्त
सरकार द्वारा राष्ट्रियस्तरका १२ ट्रेड युनियनको दर्ता खारेज
मन्त्रिपरिषद्को बैठक बस्दै, मन्त्रालय मर्ज र खारेजसम्बन्धी खाका पेस गर्ने तयारी
तमिलनाडुका मुख्यमन्त्री बन्दै विजय थलापति !
अमेरिकी जहाजलाई इरानले होर्मुजमा गर्यो आक्रमण
युएइमाथी फेरी इरानले गर्यो मिसाइल र ड्रोन आक्रमण
प्रतिक्रिया