जसपाभित्र स्पष्टिकरणको रँडाको
३ दिनभित्र स्पष्टिकरण वुझाउन दुवै पक्षका आ-आफ्नै अल्टीमेटम (पत्रसहित)
महन्थले उपेन्द्रलाई सोधे ७ वुँदे स्पष्टिकरण, उपेन्द्रपक्षले पनि सोध्यो महन्थ सहित ४ नेतालाई स्पष्टिकरण

काठमाडौं । जनता समाजवादी पार्टी भित्रको विवाद नेताहरुमाथी एकले अर्काेलाई स्पष्टिकरण सोध्ने र कारवाही गर्ने तहसम्म पुगेको छ । अध्यक्ष महन्थ ठाकुरले अर्का अध्यक्ष उपेन्द्र यादवलाई पार्टीको निर्णय विपरीत कार्य गर्दै हिँडेको भन्दै अनुशासनको कारबाहीको व्यवस्था अनुसार स्पष्टीकरण सोधेका छन । त्यस्तै उपेन्द्र पक्षले पनि जसपाका अध्यक्ष महन्थ ठाकुर, राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ललाई स्पष्टिकरण सोधेका छन् ।
महन्थलाई ९ वुँदे, राजेन्द्रलाई ६ बुँदे, सर्वेन्द्रलाई ५ वुँदे र लक्ष्मणलाल कर्णलाई ५ बुँदे स्पष्टिकरण सोधेका हुन् ।
नेताहरुलाइृ केन्द्रीय कार्यालयका सचिव प्रकाश अधिकारीको हस्ताक्षरमा जेष्ठ ११ को मितिमा स्पष्टिकरण सोधकिएको छ । विधानको धारा ४९ अनुसार स्पष्टिकरण सोधिएको र जवाफ तिन दिनभित्र उपलब्ध गराउन भनिएको छ । जेष्ठ ८ गते वसेको पार्टी केन्द्रीय कार्याकारिणी समितिको बैठकबाट स्पष्टिकरण सोध्ने निर्णय अनुसार सोधिएको बताएको छ ।
उता महन्थले उपेन्द्रलाई सोधिएको ७ बुँदे स्पष्टीकरणमा लुम्बिनी प्रदेशका ४ जना प्रदेशसभा सदस्यहरुलाई निष्काशन गरेको, विपक्षी काँग्रेस र माओवादीसँग मिलेर सर्वोच्च अदालतमा संसद पुनर्स्थापनाको माग गर्दै रिट दायर गर्न गएको जस्ता विषयमा प्रश्न सोधिएको छ ।
जसपाभित्रको यो रँडाकोले अव जसपा एक हुने सम्भावना करिव समाप्त भएको छ । दुवैले विधानको धारा ४९ लाई आधार बनाएका छन् । दुवै पक्षले तीन दिनभित्र स्पष्टिकरणको अल्टिमेटम सोधेका छन् ।
महन्थले उपेन्द्रलाई सोधेको स्पष्टिकरण पत्र


उपेन्द्र पक्षले महन्थलाई सोधेको स्पष्टिकरण पत्र


उपेन्द्र पक्षले राजेन्द्र महतोलाई सोधेको स्पष्टिकरण पत्र

उपेन्द्र पक्षले सर्वेन्द्रनाथ शुक्ललाई सोधेको स्पष्टिकरण पत्र

उपेन्द्र पक्षले लक्ष्मणलाल कर्णलाई सोधेको स्पष्टिकरण पत्र



















कर्णाली मन्त्रिपरिषद् बैठक : दुई सडक राष्ट्रिय प्राथमिकतामा राख्न सिफारिस
सरकारी सम्पत्ति व्यक्तिका नाममा दर्ता विवादमा उच्च अदालत जनकपुरको नयाँ अभ्यास
अमेरिकी सहायक विदेशमन्त्री कपुर र परराष्ट्रमन्त्री खनालबीच भेटवार्ता
कञ्चनपुरमा चक्कु प्रहार गरी युवकको हत्या
विपद्का बेला मानवीय उद्धारको नेतृत्व गर्दै सशस्त्र प्रहरी
चर्कियो तनाव : होर्मुजमा इरानद्वारा तेल ट्यांकरमाथि आक्रमण
इरानले फेरी बन्द गर्यो स्ट्रेट अफ होर्मुज
सर्वोच्चका कर्मचारीलेनै पालना गरेनन् नियम
पूर्णबहादुर खड्काले बोलाए निवर्तमान पदाधिकारी र केन्द्रीय सदस्यसहितको बैठक
एमाले अध्यक्ष ओली अस्पतालबाट घर फर्किए
प्रतिक्रिया