जसपाभित्र स्पष्टिकरणको रँडाको
३ दिनभित्र स्पष्टिकरण वुझाउन दुवै पक्षका आ-आफ्नै अल्टीमेटम (पत्रसहित)
महन्थले उपेन्द्रलाई सोधे ७ वुँदे स्पष्टिकरण, उपेन्द्रपक्षले पनि सोध्यो महन्थ सहित ४ नेतालाई स्पष्टिकरण

काठमाडौं । जनता समाजवादी पार्टी भित्रको विवाद नेताहरुमाथी एकले अर्काेलाई स्पष्टिकरण सोध्ने र कारवाही गर्ने तहसम्म पुगेको छ । अध्यक्ष महन्थ ठाकुरले अर्का अध्यक्ष उपेन्द्र यादवलाई पार्टीको निर्णय विपरीत कार्य गर्दै हिँडेको भन्दै अनुशासनको कारबाहीको व्यवस्था अनुसार स्पष्टीकरण सोधेका छन । त्यस्तै उपेन्द्र पक्षले पनि जसपाका अध्यक्ष महन्थ ठाकुर, राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ललाई स्पष्टिकरण सोधेका छन् ।
महन्थलाई ९ वुँदे, राजेन्द्रलाई ६ बुँदे, सर्वेन्द्रलाई ५ वुँदे र लक्ष्मणलाल कर्णलाई ५ बुँदे स्पष्टिकरण सोधेका हुन् ।
नेताहरुलाइृ केन्द्रीय कार्यालयका सचिव प्रकाश अधिकारीको हस्ताक्षरमा जेष्ठ ११ को मितिमा स्पष्टिकरण सोधकिएको छ । विधानको धारा ४९ अनुसार स्पष्टिकरण सोधिएको र जवाफ तिन दिनभित्र उपलब्ध गराउन भनिएको छ । जेष्ठ ८ गते वसेको पार्टी केन्द्रीय कार्याकारिणी समितिको बैठकबाट स्पष्टिकरण सोध्ने निर्णय अनुसार सोधिएको बताएको छ ।
उता महन्थले उपेन्द्रलाई सोधिएको ७ बुँदे स्पष्टीकरणमा लुम्बिनी प्रदेशका ४ जना प्रदेशसभा सदस्यहरुलाई निष्काशन गरेको, विपक्षी काँग्रेस र माओवादीसँग मिलेर सर्वोच्च अदालतमा संसद पुनर्स्थापनाको माग गर्दै रिट दायर गर्न गएको जस्ता विषयमा प्रश्न सोधिएको छ ।
जसपाभित्रको यो रँडाकोले अव जसपा एक हुने सम्भावना करिव समाप्त भएको छ । दुवैले विधानको धारा ४९ लाई आधार बनाएका छन् । दुवै पक्षले तीन दिनभित्र स्पष्टिकरणको अल्टिमेटम सोधेका छन् ।
महन्थले उपेन्द्रलाई सोधेको स्पष्टिकरण पत्र


उपेन्द्र पक्षले महन्थलाई सोधेको स्पष्टिकरण पत्र


उपेन्द्र पक्षले राजेन्द्र महतोलाई सोधेको स्पष्टिकरण पत्र

उपेन्द्र पक्षले सर्वेन्द्रनाथ शुक्ललाई सोधेको स्पष्टिकरण पत्र

उपेन्द्र पक्षले लक्ष्मणलाल कर्णलाई सोधेको स्पष्टिकरण पत्र










गभर्नरलाई बर्खास्तीको माग गर्दै जेन–जी युनाइटेडले अर्थमन्त्रीलाई बुझायो ज्ञापनपत्र
राजधानीमै छैन पर्यटक बसको बसपार्क
चुनावमा नउठ्ने घोषणा गर्दै अष्टलक्ष्मीले भनिन्– ‘म नभई पार्टी चल्दैन भन्ने कुराबाट मुक्त होऔँ’
पुरानै संरचनामा फर्कियो एमाले, पदाधिकारी १९, स्थायी कमिटी यथावत
एसिया कप भोलिदेखि, नेपाली टोली युएइ पुग्यो
डडेलधुराबाट देउवाको नाम एकल सिफारिस
फाइनल पुग्न विराटनगरलाई लुम्बिनीले दियो १३५ रनको लक्ष्य
एमालेको सचिव पदमा शेरधन राईको उम्मेदवारी घोषणा
लुम्बिनीविरुद्ध पहिले फिल्डिङ गर्दै विराटनगर
प्रतिक्रिया