एमालेका १२ जना नेतालाई स्पष्टीकरण पत्र पठाउँदै, योगेश भट्टराई जोगिए

काठमाडौँ । नेकपा एमालेले आज बुधबार पार्टीका १२ सांसदहरूलाई स्पष्टीकरण सोध्ने भएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले आफूलाई साथ नदिएको भन्दै विघटित प्रतिनिधिसभाका १२ जना सांसदहरूलाई स्पष्टीकरण सोध्ने भएको हो ।
सोमबार बसेको एमाले स्थायी कमिटी बैठकले नेताहरू झलनाथ खनाल–माधव नेपाल पक्षका १२ जना सांसदलाई सोही दिनदेखि लागु हुने गरी सोध्ने भनेको स्पष्टीकरण आज मात्रै पठाउन खोजिएको एक नेताले जानकारी दिए ।
बैठकले सोमबार खनाल–नेपालसहित ११ जनालाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेको थियो । विपक्षी गठबन्धनलाई सघाउने २३ जना विघटित प्रतिनिधिसभाका सदस्यमध्ये १२ जनालाई स्पष्टीकरण सोध्ने स्थायी समितिको निर्णय अनुसार पत्र पठाउन लागिएको हो ।
एमालेले दोस्रो चरणमा सुरेन्द्र पाण्डे, विरोध खतिवडा, जीवनराम श्रेष्ठ, घनश्याम भुसाल, सोमप्रसाद पाण्डे, कृष्णलाल महर्जन, झपट रावल, भवानीप्रसाद खापुङ, यज्ञ सुनुवार, मेटमणि चौधरी, दीपकप्रकाश भट्ट र नारायण खतिवडालाई स्पष्टिकरण सोध्न लागेको हो ।
एमालेका अध्यक्ष ओलीले सुरुका दिनमा आफ्नो विरोध गर्ने योगेश भट्टराईसहित केही नेताहरूको पक्षमा भने मौन रहेका छन् ।


















निजी क्षेत्रलाई हेर्ने दृष्टिकोण परिवर्तन गर्नुपर्छः अध्यक्ष ढकाल
इरानले मशाद विमानस्थलबाट पुनः अन्तर्राष्ट्रिय उडान सुरु गर्ने
धनुषामा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु
इन्धनको मूल्यवृद्धिले जिल्लाका १२५ ठेक्का रोकिन सक्ने
रास्वपाले वैशाख १५ देखि जिल्ला अधिवेशन गर्ने
हर्क साम्पाङको फेसबुक आइडी सस्पेन्ड
माता तीर्थ औंसीको शुभकामना दिँदै बालेनले भने- म नेपाल आमा हाँसेको हेर्न चाहन्छु
पूर्वमन्त्री दीपक खड्कालाई रिहा गर्न सर्वोच्चको आदेश
ललितपुर महानगरलाई ११ थान ‘फोटोन टिएम १’ हस्तान्तरण, फोहोर संकलनका लागि इलेक्ट्रिक गाडी प्रयोग हुने
प्रतिक्रिया