रूसद्वारा विजय दिवसमा सैन्य प्रदर्शन, पुटिने गरे नेटोको आलोचना

नाजी जर्मनीमाथि सोभियत सङ्घको विजयको सम्झनामा रूसले मस्कोको रेड स्क्वायरमा भव्य समारोहबिच वार्षिक विजय दिवस मनाएको छ ।
करिब दुई दशकपछि पहिलो पटक मस्कोको विजय दिवस ‘परेड’मा कुनै सैन्य हतियार वा भारी सैन्य उपकरण समावेश गरिएको थिएन।
कार्यक्रममा देशविदेशका विशिष्ट पाहुनाहरूसमेत सहभागी भएका थिए भने कार्यक्रमलाई रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले सम्बोधन गरेको थिए । सम्बोधनमा उहाँले युक्रेनमा युद्धको औचित्य पुष्टि गर्न उत्तर एटलान्टिक सन्धि सङ्गठन ९नेटो० को आलोचना गरे।

सयौँ सैनिक र आमन्त्रित विश्व नेताहरूको उपस्थितिमा रुसी राष्ट्रपतिले आफू युक्रेनमा ‘न्यायपूर्ण’ युद्ध लडिरहेको दावी गरेका थिए ।
सम्बोधनका क्रममा उनले नेटोले हतियार र समर्थन गरिरहेको युक्रेनलाई एक आक्रामक शक्तिको रूपमा वर्णन गरे ।
रुसका विभिन्न भागमा पहिलेभन्दा बढी शान्तिपूर्ण ढङ्गले विजय दिवस मनाइरहेका बेला उनको यो भनाइ आएको हो । यो रूसको सबैभन्दा ठूलो राष्ट्रिय कार्यक्रम हो, जसले नाजी जर्मनीमाथि सोभियत सङ्घको विजयको सम्झना गर्दछ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार घोषणा गरेको तीन दिने युद्धविरामका लागि रुस र युक्रेनबीच सहमति भएको छ तर कडा सुरक्षाबीच ठूलो सङ्ख्यामा सैनिक रेड स्क्वायरमा प्रवेश गरेका थिए ।

भीडलाई सम्बोधन गर्दै नेता पुटिनले दोस्रो विश्वयुद्धमा सोभियत सैनिकको बलिदानको स्मरण गर्दै आफ्नो भाषणको सुरुवात गरेका थिए ।
विजय दिवसलाई युक्रेनमा चलिरहेको युद्धको सन्दर्भसँग जोड्दै उनले भने, “विजेताहरूको पुस्ताको महान कार्यले आज सैनिकहरूलाई प्रेरणा दिन्छ जसले विशेष सैन्य कारबाहीकोे लक्ष्य पूरा गरिरहेका छन्।”


















रूसद्वारा विजय दिवसमा सैन्य प्रदर्शन, पुटिने गरे नेटोको आलोचना
प्रधानन्यायाधीश सिफारिस कार्यक्षमताका आधारमा : उपसभामुख ठाकुर
लिग २ को आगामी सिरिजका लागि राष्ट्रिय टीम घोषणा
राष्ट्रियताका मुद्दामा सरकारलाई पार्टीको पूरा सहयोग हुन्छ- सभापति थापा
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया