सुशीला कार्कीकाे आक्राेश : अब बालेनकाे श्रीमतीलाई ‘आमा’ भन्नू

काठमाडौँ । प्रधानन्यायाधीश सिफारिस प्रकरणपछि प्रधानमन्त्री बालेन्द्र शाहसँग चिढीएकी पूर्वप्रधानमन्त्री सुशीला कार्की सार्वजनिक रुपमै बालेनप्रति खनिन थालेकी छन् ।
पहिलाे वरियताकी न्यायाधीश सपना प्रधान मल्ललाई पन्छाएर चाैथाे वरियताका डा. मनाेजकुमार शर्मालाई संवैधानिक परिषद्ले सिफारिस गरेपछि कार्की असन्तुष्ट बनेकी हुन् । यसअघि बालेनलाई छोरा सरह भन्दै आएकी सुशीला अहिले उनीसित नराम्ररी चिढिएकी छन् ।
यसैबीच शनिबार काठमाडौंको राष्ट्रिय सभा गृहमा कानुन दिवसमा आयोजित कार्यक्रममा सरिक हुन कार्की पुगेकी थिइन् । त्यहाँ आफूलाई आमा भन्दै सम्बोधन गरेका एक पत्रकारलाई उनले कडा भाषा प्रयोग गर्दै ‘अब बालेनको श्रीमतीलाई आमा भन्न’ सुझाव दिइन् ।
उनी कार्यक्रम सकेर बाहिरिने क्रममा सञ्चारकर्मी दिवाकर साहले उनलाई ‘आमा’ सम्बोधन गरेर बोलाएका थिए ।कार्कीले ‘ को हो आमा भन्ने ?’ भन्दै यताउता हेरिन् । अनि साहलाई देखेर भनिन्, ‘तिमीहरूको आमा फेरिइसक्यो । म मेरो बच्चाको मात्रै आमा हो ।’
साहले भने, ‘होइन, तपाईं देशकै आमा हो’ । कार्कीले जवाफ फर्काइन्, ‘मलाई होइन, बालेनकी श्रीमतीलाई आमा भन्नू ।’
















सुशीला कार्कीकाे आक्राेश : अब बालेनकाे श्रीमतीलाई ‘आमा’ भन्नू
रूसद्वारा विजय दिवसमा सैन्य प्रदर्शन, पुटिने गरे नेटोको आलोचना
प्रधानन्यायाधीश सिफारिस कार्यक्षमताका आधारमा : उपसभामुख ठाकुर
लिग २ को आगामी सिरिजका लागि राष्ट्रिय टीम घोषणा
राष्ट्रियताका मुद्दामा सरकारलाई पार्टीको पूरा सहयोग हुन्छ- सभापति थापा
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया