विपद् जोखिम न्यूनीकरण र व्यवस्थापन सम्बन्धमा रास्वपाको ‘नीति मन्थन’आज

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज ‘विपद् जोखिम न्यूनीकरण तथा विपद् व्यवस्थापन’ विषयमा राष्ट्रिय नीति मन्थन कार्यक्रम आयोजना गर्दैछ ।
रास्वपाको ‘पार्टी–संसद्–सरकार समन्वय समिति’ले आयोजना गर्ने कार्यक्रममा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका विविध विषयमा छलफल हुने महामन्त्री भूपदेव शाहले जानकारी दिए ।
अपराह्न ३ बजेदेखि सुरु हुने नीति मन्थन कार्यक्रममा प्रमुख वक्ताका रूपमा विपद् उत्थानशीलता विषयगत प्रमुख प्राविधिक सहायता तथा रणनीतिक सिकाइ परियोजनाका प्रतिनिधि डा गौरव सागर दवाडीले अनुशिक्षण गर्नेछन् ।
अन्तरक्रियामा जल तथा मौसम विज्ञान विभागको महानिर्देशक डा अर्चना श्रेष्ठ, हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पा, सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक राजेश उप्रेती, विपद् जोखिम न्यूनीकरण तथा मानवीय कार्यका लागि महिला मञ्चका प्रतिनिधि कृष्णा कार्की, समावेशी विकास तथा अनुसन्धान केन्द्रका कार्यकारी निर्देशक विमल गदाल र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका निमित्त प्रमुख अमृत श्रेष्ठले अनुभव आदानप्रदान गर्नेछन् ।
















विपद् जोखिम न्यूनीकरण र व्यवस्थापन सम्बन्धमा रास्वपाको ‘नीति मन्थन’आज
अमेरिकाको फ्लोरिडामा डुङ्गा दुर्घटना, अनुसन्धान सुरु
17 including driver injured in bus accident
प्रदूषण न्यूनीकरणका लागि सवारीसाधनको नियमित जाँच
सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
साउदी असहमतिपछि ट्रम्पको नौसैनिक योजना रोकियो
धादिङ केन्द्रबिन्दु भएर भूकम्प
अमेरिकामा विद्युतीय सवारीमा प्राविधिक समस्या, २ लाख बढी सवारी फिर्ता सुरु
सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सद्वारा कालिकोटमा राहत वितरण
प्रतिक्रिया