आकर्षक डिजाइनसहित रेडमी ए–सेवेन–प्रो सार्वजनिक

काठमाडौं । विश्व प्रसिद्ध प्रविधि कम्पनी शाओमीले शक्तिशाली क्षमता, उत्कृष्ट कार्यसम्पादन र आकर्षक डिजाइनसहित नयाँ स्मार्टफोन रेडमी ए–सेवेन–प्रो सार्वजनिक गरेको छ । ठूलो ब्याट्री, ठूलो स्क्रिन तथा सुधारिएको सफ्टवेयर अनुभवसहित यो स्मार्टफोन नेपाली बजारमा उपलब्ध गराइएको कम्पनीले जनाएको छ ।
रेडमी ए–सेवेन–प्रो सनसेट अरेन्ज, पाम ग्रीन, मिस्ट ब्लु र ब्ल्याक गरी चार आकर्षक रंगमा उपलब्ध रहेको छ । कम्पनीका अनुसार, यसमा ६.९ इन्चको एचडी डिस्प्ले र ८.१५ मिमी स्लिम बडी रहेको छ, जसले प्रयोगकर्तालाई उत्कृष्ट दृश्य अनुभव प्रदान गर्छ । “साथै, १२० एचजेडसम्मको हाई रिफ्रेस रेट सपोर्ट भएकाले फोन सहज र स्मुथ रूपमा सञ्चालन हुन्छ । ८०० निट्स सुपर सनलाइट डिस्प्लेले घाममा पनि स्पष्ट दृश्य देखाउँछ भने डीसी डिमिङ प्रविधिले स्क्रिन फ्लिकर कम गरी आँखाको थकान घटाउन मद्दत गर्छ,” कम्पनीले भन्यो ।
नयाँ स्मार्टफोन रेडमी ए–सेवेन–प्रोको विशेषता
यस स्मार्टफोनमा ६००० एमएएच क्षमताको शक्तिशाली ब्याट्री रहेको छ, जसले लामो समयसम्म टिकाउ प्रयोग सुनिश्चित गर्ने कम्पनीको दाबी छ । १५ वाट फास्ट चार्जिङ सपोर्टका कारण फोनलाई एकपटक चार्ज गर्दा करिब २.३७ दिनसम्म प्रयोग गर्न सकिन्छ, जसले चार्जिङको झन्झटलाई निकै कम गर्ने छ ।
रेडमी ए–सेवेन–प्रो मा १३ मेगापिक्सेल एआई डुअल रियर क्यामेरा र आठ मेगापिक्सेल फ्रन्ट क्यामेरा रहेको छ । ठूलो सेन्सर तथा नाइट मोड सुविधाका कारण कम प्रकाशमा पनि उत्कृष्ट तस्बिर खिच्न सकिन्छ । साथै, यसमा २०० प्रतिशतसम्मको भोल्युम बुस्ट सुविधा रहेको छ, जसले अझ सशक्त र इमर्सिभ अडियो अनुभव प्रदान गर्छ । वी टच टेक्नोलोजी २.० का कारण भिजेका, तेल लागेको वा साबुन लागेको हातले समेत फोन सहज रूपमा सञ्चालन गर्न सकिन्छ ।
१२ एनएम प्रोसेसरद्वारा सञ्चालित यो स्मार्टफोन ब्राउजिङ, भिडियो स्ट्रिमिङ, हल्का गेमिङ तथा मल्टिटास्किङका लागि प्रभावकारी र द्रुत छ । साथै, साओमी हाइपर ओएस ३ र यूएफएस २.२ स्टोरेज प्रविधिको संयोजनले एप लोडिङ तथा सिस्टमको कार्यसम्पादनलाई अझ स्मुथ बनाएको छ ।
रेडमी ए–सेवेन–प्रोमा ग्राहकको पूर्ण भरोसाका लागि दुई वर्षको वारेन्टी पनि उपलब्ध रहेको छ भने दुई टीबीसम्मको एक्सटेन्डेबल एक्स्टर्नल स्टोरेज सपोर्ट पनि रहेको छ । यो स्मार्टफोन ४ जीबी र ६४ जीबी भेरियन्टमा उपलब्ध रहेको छ । यसको मूल्य नेपाली बजारमा रु. १७,९९९ तोकिएको छ ।
















आकर्षक डिजाइनसहित रेडमी ए–सेवेन–प्रो सार्वजनिक
दार्चुलामा गयाे भूकम्प
अन्तरराष्ट्रिय आर्गानिया दिवस मनाइँदै
विपद् जोखिम न्यूनीकरण र व्यवस्थापन सम्बन्धमा रास्वपाको ‘नीति मन्थन’आज
अमेरिकाको फ्लोरिडामा डुङ्गा दुर्घटना, अनुसन्धान सुरु
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
साउदी असहमतिपछि ट्रम्पको नौसैनिक योजना रोकियो
धादिङ केन्द्रबिन्दु भएर भूकम्प
सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सद्वारा कालिकोटमा राहत वितरण
डोंगफेङद्वारा युरोपेली बजार विस्तारका लागि म्युनिखमा डिजाइन केन्द्रको स्थापना
प्रतिक्रिया