राष्ट्रपति भण्डारी र चिनियाँ समकक्षीबीच फोन वार्ता, खोप खरिदमा सहजीकरण गरिदिन आग्रह
मेरोन्यूज
२०७८ जेठ १२ गते १७:०९

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारी र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच टेलिफोन वार्ता भएको छ । फोन वार्तामा राष्ट्रपति भण्डारीले चिनियाँ समकक्षी सीलाई कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप खरिद प्रक्रियामा सहजीकरण गरिदिन अनुरोध गरेकी छन् ।
बुधबार दुई राष्ट्रपतिबीच भएको कुराकानी करिब ४० मिनेटसम्म भएको राष्ट्रपति कार्यालयले जनाएको छ । कुराकानीमा कोभिड–१९ बाट नेपाली जनताको जीवन रक्षा गर्नु आफ्नो दायित्व बनेकाले आवश्यक पर्ने मात्रामा चीनबाट खोप खरिद गर्न सहजीकरण गरिदिन राष्ट्रपति भण्डारीले आग्रह गरेको जनाइएको छ ।
‘कोरोनाविरुद्धको खोप खरिद प्रक्रियामा सहजीकरण गरिदिन म महामहिम राष्ट्रपतिलाई आग्रह गर्दछु’ राष्ट्रपति भण्डारीले चिनियाँ राष्ट्रपतिसँगको कुराकानीमा भनेकी थिइन् ।
सम्बन्धित
















नेपाल-कतार संयुक्त व्यवसाय परिषद् काठमाडौँमा, द्विपक्षीय व्यापार तथा लगानी अभिवृद्धि बारे छलफल हुने
वरिष्ठ कलाकार थापाको अन्तिम दाहसंस्कार पशुपति आर्यघाटमा
राउटेले बनाएका भाँडा किन्नेभन्दा फोटो खिच्ने धेरै
रुसी जनरलमाथि गोली हान्ने संदिग्ध व्यक्ति दुबईबाट पक्राउ
किन आए भारतबाट एसएसबीका पाँच डिआइजी बिराटनगरमा ?
आज कति छ सुनको भाउ ?
कस्ताे रहला आज देशभरकाे माैसम ?
निर्वाचनको ४८ घण्टा अगावै नेपाल-भारत सीमानाका बन्द गरिने
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
प्रतिक्रिया