राष्ट्रपति भण्डारी र चिनियाँ समकक्षीबीच फोन वार्ता, खोप खरिदमा सहजीकरण गरिदिन आग्रह
मेरोन्यूज
२०७८ जेठ १२ गते १७:०९

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारी र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच टेलिफोन वार्ता भएको छ । फोन वार्तामा राष्ट्रपति भण्डारीले चिनियाँ समकक्षी सीलाई कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप खरिद प्रक्रियामा सहजीकरण गरिदिन अनुरोध गरेकी छन् ।
बुधबार दुई राष्ट्रपतिबीच भएको कुराकानी करिब ४० मिनेटसम्म भएको राष्ट्रपति कार्यालयले जनाएको छ । कुराकानीमा कोभिड–१९ बाट नेपाली जनताको जीवन रक्षा गर्नु आफ्नो दायित्व बनेकाले आवश्यक पर्ने मात्रामा चीनबाट खोप खरिद गर्न सहजीकरण गरिदिन राष्ट्रपति भण्डारीले आग्रह गरेको जनाइएको छ ।
‘कोरोनाविरुद्धको खोप खरिद प्रक्रियामा सहजीकरण गरिदिन म महामहिम राष्ट्रपतिलाई आग्रह गर्दछु’ राष्ट्रपति भण्डारीले चिनियाँ राष्ट्रपतिसँगको कुराकानीमा भनेकी थिइन् ।
सम्बन्धित










पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट भुटानको पारोमा उडान सुरु
कोप–३० मा नेपालको सहभागिता प्रभावकारी भइरहेको छ : मन्त्री डा परियार
एसिसी यु–१९ प्रिमियर कप खेल्ने नेपाली यु–१९ राष्ट्रिय क्रिकेट टोलीको बिदाइ
घुस रकमसहित दुई कर्मचारी पक्राउ
मृत्युदण्डको सजायपछि शेख हसिनाले के भनिन् ?
प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारी दर्ता माघ ६ गते
एकैदिन तोलामा ६ हजार ९०० ले घट्यो सुनको मूल्य
बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्डको सजाय
आज २०८२ साल मंसिर १ गते सोमबारको राशिफल
प्रतिक्रिया