भीम रावलको ट्विटप्रति पर्सा प्रशासनले भन्यो : नागरिकता वितरण बन्द छ
मेरोन्यूज
२०७८ जेठ १२ गते १७:३८

काठमाडौँ । नेकपा एमालेबाट निष्कासनमा परेका नेता भीम रावलको ट्विटलाई संकेत गर्दै जिल्ला प्रशासन कार्यालय पर्साले आपत्ति जनाएको छ ।
गत आइतबार नेता रावलले आफ्नो समाजिक सञ्जालमार्फत जिल्ला पर्साले नागरिकता वितरण गरेको भन्दै भ्रामक समाचार फैलाएको प्रति जिल्ला प्रशासन कार्यालयले पर्साले आपत्ति जनाएको हो ।
कोरोना भाइरस (कोभिड–१९)को बढ्दो संक्रमणको रोकथामका लागि पर्सामा गत वैशाख १६ गतेदेखि जिल्लाभर निषेधाज्ञा गरेको छ । तर, विभिन्न समाचार माध्यम र नेता रावलले केही वर्ष पुरानो जस्तो देखिने भिडियो पोस्ट गरेका थिए ।
नेता रावलसहित विभिन्न समाचार संस्थाले भिडियो सामग्रीसहित भिडभाडमा नागरिकता वितरण गरिएको देखिएको छ । यद्यपि, नेता रावलले त्यही दिन उक्त ट्विट हटाउँदै क्षमा मागिसकेका छन् ।

सम्बन्धित
















अर्थमन्त्रीको आश्वासनपछि सेयर बजारमा सुधार, नेप्से ८३ अंकले बढ्यो
मुस्ताङको तल्लो क्षेत्रमा बाक्लो हिमपात
चोरीका सामान र नगदसहित चार जना पक्राउ
कार्यालय समय पालना भए/नभएबारे छड्के गर्न सतर्कता केन्द्रले खटायो टोली
लुम्बिनी प्रदेशसभा बैठकः सरकारप्रति प्रश्न र सुझाव
स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
एकै दिन दुईवटा अमेरिकी लडाकु विमान खसाल्यो इरानले
एमालेले भन्यो: संसदीय दलको नेता चयन लोकतान्त्रिक विधि र विधानसम्मत
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
यूएईमा क्षेप्यास्त्र इन्टरसेप्ट गर्ने क्रममा अवशेष खस्दा ७ नेपाली घाइते, एकको अवस्था गम्भीर
प्रतिक्रिया