अर्थविदहरु भन्छन् :
अध्यादेशमार्फत ल्याउने बजेट जोखिमपूर्ण

काठमाडौँ । गत वर्षदेखि देशको अर्थतन्त्र जोखिममा पर्दै आएको छ । २०७६ को चैतदेखि सुरु भएको लकडाउनले यो वर्ष पनि निरन्तरता पाएपछि अर्थतन्त्र जोखिममा पर्दै गएको हो । ०७८ बैशाख १६ गतेदेखि शुरु भएको निषेधाज्ञा दोस्रो महिनामा प्रवेश गरेको छ । निषेधाज्ञामा व्यापार व्यवसायी बन्द भएसँगै अर्थतन्त्र जोखिममा पर्दै गएको छ ।
अर्थतन्त्र जोखिममा रहेको समयमा चालु आर्थिक वर्षको जस्तै निषेधाज्ञाकै बिचमा नयाँ आर्थिक वर्षका लागि १५ जेठ २०७८ मा सरकारले बजेट ल्याउँदै छ । प्रतिनिधि सभाको विघटन भएपछि सरकारले नयाँ आर्थिक वर्षका लागि बजेट अध्यादेशमार्फत ल्यान लागेको छ ।
यसअघि डा. बाबुराम भट्टराई प्रधानमन्त्री भएका बेलामा अध्यादेश मार्फत बजेट आएको थियो । तर, नेपालमा संविधान जारी भएपछि पहिलो पटक अध्यादेश मार्फत बजेट आउन लागेको हो । नेपालमा हाल प्रतिनिधि सभा र राष्ट्रिय सभा गरी दुइ सदनको व्यवस्था रहेको छ । सरकारले बजेट प्रस्तुत गर्दा दुबै सदनको संयुक्त बैठकबाट पेश गर्नुपर्ने व्यवस्था भएपनि प्रतिनिधि सभाको विघटनले नयाँ आर्थिक वर्षका लागि अध्यादेशमार्फत बजेट ल्याउन लागेको हो ।
सरकारले अध्यादेश मार्फत ल्याउन लागेको बजेट पूर्ण आउने वा नआउने भन्नेमा अहिले बहस भइरहेको छ । तर, सरकारको आश्य अनुसार पूर्ण बजेट आउनेमा दुई मत छैन । सरकार पूर्ण बजेट ल्याउनको लागि तयारीमा लागेको जनाइएको छ । तर, अन्तिममा सरकारले कस्तो बजेट ल्याउँछ त्यसको लागि केही दिन पर्खनु पर्ने छ ।
कोरोना भाइरस कोभिड १९ संक्रमणको रोकथाम तथा उपचारका कार्यक्रमलाई केन्द्रमा राखी स्वास्थ्य संकटसँग जुध्न बजेट ल्याउन लागेको सरकारले संकेत दिइसकेको छ ।
राजस्वको लक्ष्य र संकलन, बजेट विनियोजन र खर्चका आधारमा संसद नभएको बेलामा सरकारले अध्यादेश मार्फत ल्याउन लागेको बजेट पूर्ण ल्याउन मिल्ने र पूर्ण बजेट ल्याउन नहुनेमा अर्थविद्हरुमा बहस भएको छ ।
हिजोआज भोगिरहेको आलोचना भोलिका दिनमा अर्थमन्त्रीहरूले पनि भोग्नुपर्नेछ । खासगरी सरकार र अर्थमन्त्रीको कार्यक्षमताको मूल्यांकन नै बजेट कार्यान्वयनको अवस्था नुसार हुने गर्दछ । व्यक्ति तथा शासन व्यवस्था फेरिए पनि इतिहासका आँकडा नफेरिने हुनाले अत्यादेश बजेट बनाउँदा नै संयमित हुने र उल्लेख गरिएका सबैजसो कार्यक्रम समयमै कार्यान्वयन गर्ने स्थिती रहेको केही अर्थविद्को भनाई छ भने केहीले अध्यादेश मार्फत ल्याएको बजेट कार्यान्यन गर्न नसकिने भएकाले अत्यादेश मार्फत ल्याउने बजेट पूर्ण नहुने धारणा राखेका छन् ।
सरकारले अध्यादेश मार्फत ल्याउन लागेको बजेटले कोरोनासँगै समस्यामा परेका व्यापार व्यवसायदेखि देशको समग्र आर्थिक गतिविधिलाई समेत रोगी बनाउने भन्दै अर्थविदहरुले चिन्ता व्यक्त गरेका छन् ।
बौरन थालेको अर्थतन्त्र पुनः रोगी बन्ने विश्लेषण अर्थविद्हरुको छ । कोरोनालाई त निषेधाज्ञाले कम गर्ला, तर बिरामी अर्थतन्त्र र राजनीतिलाई केले बचाउने भन्दै विज्ञहरुले आलोचना गरेका छन् । प्रधानमन्त्रीका कारण देशमा भएको सांसद विघटनले अत्यादेश मार्फत आउन थालेको बजेटको बारे केही अर्थशास्त्रीसँग बुझ्दा बौरन थालेको अर्थतन्त्र फेरि अस्वस्थ हुने बताएका छन् ।
अर्थविद् केशव आचार्य अर्थतन्त्रको दृष्टिकोणबाट निषेधाज्ञा र अत्यादेशको बजेट कुनै पनि हालतमा राम्रो नभएको तर्क गर्छन् । यद्यपि बढ्दो महामारीसँगै मुलुकमा देखिएको राजनीति बाटो प्रधानमन्त्रीको सांसद विघटन गर्ने बाहेक अरू विकल्प नभएको उनको बुझाइ छ ।
अर्थविद् प्रा .डा. डिल्लीराज शर्मा पनि निषेधाज्ञासँगै राजनीति तैनाथको अत्यादेशका कारण अब अर्थतन्त्र जोखिम अवस्थामा पुग्ने बताउँछन् ।
यस्तै, बौरन थालेको अर्थतन्त्र फेरि अस्वस्थ हुन अर्थविद् केशब आचार्य बताउँछन् । उनीे भन्छन्,“अर्थतन्त्रको दृष्टिकोणबाट निषेधाज्ञासँगै अध्यादेश ल्याउनु कुनै पनि हालतमा राम्रो होइन । तर, बढिरहेको महामारी नियन्त्रण गर्न ठाउँ अनुसारको कदम चालेजस्तै, राजनीतिमा पनि संसद विघटन गर्नुको विकल्प पनि छैन ।”
“अर्थतन्त्रको दृष्टिकोणबाट निषेधाज्ञा कुनै पनि हालतमा राम्रो होइन । जब निषेधाज्ञा नै राम्रो होइन भने कसरी हुन्छ, राम्रो ? राजनीति खिचातानीबीचको पूर्ण बजेट ।” अर्थविद् एंव श्रीलंकाका पूर्व राजदुत प्रा.डा.विश्वम्भर प्याकुरेलको भनाई हो यो ।
उनले थपे, “फेरि पनि काबुभन्दा बाहिर गएको अवस्थामा सांसद विघटन गर्नुको विकल्प हुँदैन भन्ने मलाई लाग्छ । तर, यसबाट बौरिन थालेको अर्थतन्त्र फेरि अस्वस्थ हुन्छ ।” उनले सबैभन्दा मारमा तल्लो तहका राजनीतिज्ञसँगै सर्वसाधारणलाई पनि अध्यादेशबाट ल्याउने बजेटले असर पार्नेमा जोड दिए ।
प्याकुरेलले थपे, “कोरोना दुई वर्षे हुँदा भर्खर अर्थतन्त्रले लय समात्ने आशा पनि थियो । अब कोरोना, निशेधाज्ञा र अध्यादेशको बजेटले अर्थतन्त्रलाई जोखिममा धकेल्ने संकेत फेरी देखियो । अत्यादेश भनेको राजनीति रोगका कारण भएकाले अर्थतन्त्रमा भयावह जोखिम फेरी तंरिने छ ।”
प्रा.डा. डिल्लीराज खनाल भन्छन्, “नेपालको बजेट अर्थशास्त्रीबीचकोे भए पनि यो पाला परिस्थिति अलि भिन्न छ । दिनहुँ बढ्दै गएको कोरोना–संकटसँग जुध्न कस्तो बजेट आउला भन्ने चासो आम नागरिक र उद्योगी–व्यवसायीको थियो । त्यहिँ बेला सांसद विघटन राजनीति उच्च सरकारमा भएको एमाले फुट्नु । नकारात्मक । यसले अर्थतन्त्रमा राम्रो गर्दैन ”
अघिल्ला वर्षहरुमा जस्तै नीति तथा कार्यक्रम देखियो कि देखिएन थाहै नभएको भान सबैमा छाएको यसको समस्या अत्यादेश नै हो । राजनीति, सरकार, जनता सबैमा झगडा हुनु उत्तरदायित्वबाट टाढा भएर भएकाले हामीमा पनि समस्या हुन्छ त्यसले अर्कालाई मार पार्छ भन्नेमा दुईमत छैन ।
यो पनि पढ्नुहोस्
पूर्व अर्थमन्त्रीहरूले भने : सरकारले पूर्ण बजेट ल्याउन पाउँदैन

किरण अधिकारी
मेराेन्यूजकर्मी अधिकारी अर्थसम्बन्धी विषयमा कलम चलाउँछन् ।








एनपिएलः ‘बलिङ’मा नेपाली र ‘ब्याटिङ’मा विदेशी खेलाडी चम्किए
एमाले महाधिवेशन प्रतिनिधिको उम्मेदवार शुल्क १००० बढी लिन नपाइने
कोप–३०ः १.५ डिग्री तापक्रममा सीमित राख्ने लक्ष्यमा ऐक्यबद्धता
एनपिएलः विराटनगर किंग्सकाे लगातार दोस्रो जित
सुदन गुरुङले आफ्नो घरमा गएर धम्की र ज्यानमाथि दागा गरेकाे किसान श्रेष्ठको आरोप
आज २०८२ साल मंसिर ७ गते आइतबारको राशिफल
वाटको विस्फोटक ब्याटिङमा लुम्बिनीविरुद्ध कर्णाली याक्सको शानदार जीत
प्रतिक्रिया