भोलीदेखि निषेधाज्ञा कडा, आज किनमेल गर्नेको भिड

काठमाडौं । काठमाडौं उपत्यकामा आज बिहिबार खाद्य पसलमा उपभोक्ताहरुको भिड देखिन्थ्यो । १० बजेसम्म बजार खुला रहनेमा शुक्रबारदेखि खाद्य पसलमा समेत कठाई गरेकाले बिहिबार ११ बजेसम्म खरिद बिक्रि गर्न दिएको काठमाडौं जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि सरकारले काठमाडौं उपत्यकामा निषेधाज्ञा थप कडा बनाउन निर्देशन दिए अनुसार तीनवटै काठमाडौं, भक्तपुर र ललितपुर जिल्ला प्रशासन कार्यालयहरुले दुई दिनभित्र किनमेल सक्न आदेश दियो । मेरोन्युुजसँग कुरा गर्दै काठमाडौं जिल्ला प्रशासन कार्यालयका प्रमुख कालीप्रसाद पराजुलीले आगामी कडाईलाई ध्यान दिदै धेरै भिडभाड भएका स्थानमा केही बेरका लागि बिहिबार खुकुलो गरिएको जानकारी दिए ।
उनले काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले भोलिदेखि खाद्यान्न पसल पनि बन्द गर्ने निर्णय गरेपछि त्यसको प्रतिकूल प्रभाव देखिएको भन्दै केही भिड देखिएपनि सबैले स्वास्थ्य मापदण्ड पूरा गरेको पाइएकाले कोरोना सर्ने डरबाट टाढै रहनुपर्ने बताए । कोरोना संक्रमण रोकथाम गर्न भन्दै उपत्यकाका खाद्यान्न पसल समेत शुक्रबारदेखि एक सातासम्मका लागि बन्द गर्ने निर्णय भएकाले भिड देखिएको हो । अब तरकारी तथा फलफूल खुद्रा व्यापार बन्द गर्ने र थोक मात्रै बिक्री हुनेछ ।
कोटेश्वरका खाद्य व्यापारी मोहोन रावलले जिल्ला प्रशासनले खाद्यान्न पसल बन्द गर्ने निर्णय गर्दा कालोबजारी र कृत्रिम अभाव सिर्जना हुने बताउँछन् । मिनभवनकी ग्राहक मीरा गैरेले तरकारी पसलमा भन्दा खाद्यान्न पसलमा कम भीड हुने भएपनि जिल्ला प्रशासनले खाद्यान्न पसल बन्द गर्ने निर्णय गर्दा बिहिबार खाद्यान्नको बिक्री ५ गुणासम्म वृद्धि भएको दाबी गर्दै आफूले पनि लगभग एक महिनासम्मलाई पुग्ने लगेको उल्लेख गरिन् । भण्डारी खाद्य पसलका सञ्चालक राजन भण्डारीले बन्दको समयमा बिहान १० बजेसम्म दैनिक ३० हजारको व्यापार हुने गरेकोमा बिहिबार १ लाख रुपैयाँ बराबरको कारोबारको अपेक्षा गरेको बताए ।
निषेधाज्ञा कडाइपछिको आतंकले गर्दा साता दिनका लागि भन्दै महिना दिन बढी पुग्ने सामान थुपार्न उपभोक्ता लाग्नु त्रासको संकेत देखिएको हो । निषेधाज्ञामा पनि घर निर्माण गर्ने, वाल लगाउने र फर्निचर निर्माण कामहरु भने निरन्तर छन् । ती क्षेत्रमा काम गर्ने दैनिक ज्यालादारी मजदुरहरुलाई ७ दिन खाद्यान्न पसल बन्द हुने हुँदा त्रास समेत बढेको छ ।











निर्वाचन अवधीमा मौसम प्रणालीमा समस्या छैन – मौसम विभाग
आईसीसी लिग-२ को तयारीका लागि २० खेलाडी छनोट
रवि लामिछानेलाई दमौलीमा देखाइयो कालो झण्डा, सात जना पक्राउ
सरकारले निष्पक्ष रूपमा निर्वाचन सम्पन्न गराउँछः गृहमन्त्री अर्याल
राष्ट्रसंघकी आवासीय संयोजक याहियासँग महासङ्घका अध्यक्ष ढकालको भेटवार्ता
आज २०८२ साल फागुन १३ गते बुधबारको राशिफल
‘फेक रेस्क्यू’मा संलग्न थप दुई जना पक्राउ
‘मानवीय सहयोगका निम्ति युएई सदा तत्पर छ’
आज कतिमा किनबेच हुँदैछ सुन ?
प्रतिक्रिया