तेल ट्याङ्करभित्र लुकाएर राखिएको २१८ किलो गाँजासहित २ जना पक्राउ

काठमाडौं । बाराको जितपुरसिमरा उपमहानगरपालिकाबाट तेल ट्याङ्करभित्र लुकाएर राखिएको २ सय १८ किलो गाजाँसहित २ जना पक्राउ परेका छन् । जितपुरसिमरा उपमहानगरपालिका १ पथलैयामा चेकजाँचको क्रममा ना ४ ख २९७९ नम्बरको तेल ढुवानी गर्ने ट्याङ्करको खाली ट्याङ्कीबाट २ सय १८ किलो गाँजासहित २ जनालाई प्रहरीले पक्राउ गरेको हो ।
महोत्तरी बर्दिवास नगरपालिका ८ बस्ने वर्ष ३३ का घनश्याम गिरीले
काठमाडौँबाट भारतको बरौलीमा तेल लिन ल्याएको ना ४ ख २९७९ नम्बरको को खाली ट्याङ्करमा लुकाइ छिपाइ गाँजा लगिरहेको भन्ने गोप्य सूचनाको आधारमा खानतलासी गर्दा उक्त ट्याङकरको च्याम्बरभित्र रातो प्लाष्टिकमा पोका बनाई राखेको २१८ किलो ग्राम (१९ पोका) गाँजा बरामद भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
ट्याङ्करका चालक घनश्याम गिरी तथा सह(चालक चितवन खैरहनी नगरपालिका २ बस्ने राजकुमार दवाडीसहित ट्याङकरसमेत नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।















आजको मौसम पूर्वानुमान : लुम्बिनी, बागमती र कोशी प्रदेशका केही स्थानमा हल्का वर्षा
यस्तो छ आजका लागि तय भएको विदेशी मुद्रा विनिमयदर
आज २०८२ साल चैत २३ गते सोमबारको राशिफल
स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
एकै दिन दुईवटा अमेरिकी लडाकु विमान खसाल्यो इरानले
निर्माण व्यवसायी महासङ्घको अध्यक्षमा निकोलश पाण्डे विजयी
नेपाल प्रहरीमा ठूलो संख्यामा प्रहरी जवान भर्ना खुल्यो
नेपाली क्लाइम्बिङ टोली चीन जाने
प्रतिक्रिया