मकालुबाट सात हजार किलो फोहोर संकलन

किमाथाङ्का । सफा हिमाल अभियानअन्तर्गत सङ्खुवाभाको मकालु हिमालबाट साढे छ हजार किलोग्रामभन्दा बढी फोहोर संकलन गरिएको छ । नेपाल सरकारको ‘सफा हिमाल अभियान २०२१’ अन्तर्गत नेपाली सेनासहितको टोलीले मकालु हिमालबाट छ हजार छ सय सात किलोग्राम फोहोर गरेको छ ।
मकालु हिमालको आधार शिविर बाट छ हजार छ सय सात किलोग्राम फोहोर गरेको टोलीमा सहभागि नेपाली सेनाका सेनानी रुपकजंग थापाले जानकारी दिए । फोहोर संकलन गर्ने नेपाली सेनाका १० जना र पिक प्रमोसन एजेन्सीका २४ जनाको टोली गत वैशाख १२ गते मकालु हिमालको आधार शिविर पुगेको थियो ।
टोलीले गत जेठ ११ गते सम्म मकालु हिमालको पहिलो, दोस्रो, तेस्रो, र चौँथो क्याम्प फोहोर संकलन गरेको थियो । यस्तै सफा हिमाल अभियान अन्तर्गत मकालु,सगरमाथा, ल्होत्से, पुमोरी, धौलागिरि, आमादब्लम हिमालको सरसफाइ गरेको टोलीले जनाएको छ । सगरमाथा र ल्होत्से हिमालको जेठ १५ गते सम्म फोहोर संकलन हुने टोलीले जनाएको छ ।
सङ्खुवासभाको मकालु गाउँपालिका २ मा पर्ने मकालु हिमालको उचाई आठ हजार चार सय ६२ मिटर हो । अभियान टोलीले मकालु हिमालको ७ हजार ४ सय मिटर उचाई सम्मको फोहोर संकलन गरेको जनाएको छ । ‘सफा हिमाल अभियान २०२१’ अन्र्तरगत फोहोर संकलन टोलीले मकालु हिमालबाट चार हजार आठ सय ८२ किलोग्राम नकुहिने फोहोर र १७ सय २५ किलोग्राम कुहिने फोहोर संकलन गरेको सेनानी थापाले जानकारी दिए ।
टोलीले संकलन गरेको कुहिने फोहोर बिहीबार मकालु गाउँपालिका अध्यक्ष तेजबहादुर पोख्रेललाई हस्तान्तरण गरिएको सेनानी थापाले बताए । फोहोर संकलन टोलीले मकालु गाउँपालिकालाई कुहिने १७ सय २५ किलोग्राम फोहोर बुझाएको छ । भने अन्य नकुहिने फोहोर काठमाण्डौ लगिको सेनानी थापाले बताए । सरकारले हिमाल सफाइका लागि नेपाली सेनालाई वातावरण मन्त्रालयबाट १२ करोड ५० लाख रुपैयाँ विनियोजन गरेको थियो ।










आज देखि दोस्रो संस्करणको एनपिएल सुरु, पहिलो खेलमा जनकपुर र काठमाडौं भिड्दै
विदेशी मुद्राको विनिमयदर : डलरकाे भाउ कति ?
आज २०८२ साल मंसिर १ गते सोमबारको राशिफल
निर्वाचन आचारसंहिताको मस्यौदा सार्वजनिक
नेपाल ट्रस्टका पूर्वसचिव अर्जुन कार्की पक्राउ
आज कात्तिक कात्तिक २९ गते शनिबार, कस्ताे रहला तपाइकाे राशिफल ?
सन्तोष परियारले छाडे रास्वपा
सन्तोष परियारले किन त्यागे रास्वपा ? यस्ताे छ उनकाे राजीनामा पत्र
नेपाली कम्युनिस्ट पार्टीले पायो दल दर्ताको प्रमाणपत्र
एनपीएलको टिकट बुकिङ खुला, मूल्य ५ सयदेखि २ हजारसम्म
प्रतिक्रिया