सोमबार, चैत ९, २०८२

स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेलाई ​सभापति देउवाद्वारा कारवाहीको माग

मेरोन्यूज २०७८ जेठ १४ गते १३:०३

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालगञ्जस्थित भेरी अस्पतालका चिकित्सक र नर्समाथि आक्रमण गर्नेलाई कारबाही गर्न माग गरेका छन् ।

Advertisement
nepal life insurencenepal life insurence

सभापति देउवाले आज सामाजिक सञ्जालमार्फत कोरोना भाइरस (कोभिड–१९) महामारीमा ठूलो जोखिम लिएर बिरामीको उपचारमा दिनरात खटेका स्वास्थ्यकर्मीमाथि भएको घटनाको तत्काल छानबिन गरी आक्रमणमा संलग्नमाथि कडा कारबाही गर्न माग गरेका हुन् ।

यसैगरी विवेकशील साझा पार्टीले पनि विज्ञप्तिमार्फत अस्पतालजस्तो संवेदनशील कार्य क्षेत्रभित्र स्वास्थ्यकर्मीमाथि अभद्र भीड पुगेर गरिएको आक्रमणको भत्र्सना गरेको छ ।

विवेकशील साझा युवा संगठनका महासचिव सरोज गौतमले आक्रमणमा संलग्न जो सुकैलाई तुरुन्त पक्राउ गरी कानूनी कारबाहीको दायरामा ल्याउनसरकारसँग आग्रह गरेको हो ।

प्रतिक्रिया