एम्बुलेन्स चालक कुटपिट गर्ने पक्राउ
मेरोन्यूज
२०७८ जेठ १४ गते १५:२५

काठमाडौँ । नेपाल रेडक्रस सोसाइटी गुल्मी शाखाका एम्बुलेन्स चालक लालबहादुर खत्रीलाई कुटपिट गर्ने व्यक्ति पक्राउ परेका छन् । जिल्लाको रेसुङ्गा नगरपालिका–१ धागिथुमका अन्दाजी २५ वर्षका सागर बोहोरालाई बिहिबार प्रहरीले पक्राउ गरेको हो ।
उनले मङ्गलबार राति एम्बुलेन्स चालक खत्रीलाई कुटपिट गरेका थिए । पीडित खत्रीको परिवारले दिएको निवेदनका आधारमा बोहोरालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी पुरुषोत्तम प्रसाद पाण्डेले जानकारी दिए ।
घाइते खत्रीको अहिले लुम्बिनी मेडिकल कलेज पाल्पामा उपचार भइरहेको छ । बोहोरालाई केही दिन हिरासतमै राख्ने र छलफलपछि मुद्धा चलाउने वा नचलाउने भन्ने विषयमा टुङ्गो लाग्ने सूचना अधिकारी पाण्डेले बताए ।
सम्बन्धित









पोखरा फुटबल रङ्गशालामा फ्लड लाइट जडान कार्य अघि बढाउछौँः मन्त्री घिसिङ
अखिल अध्यक्षमा ७ मतले हारेका प्रकाश पौडेलले दिए एमाले केन्द्रीय सदस्य पदमा उम्मेदवारी
नागरिकलाई अधिकार दिँदा सरकार कमजोर हुँदैन : अर्थमन्त्री खनाल
सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल
एनपिएलकाे अन्तिम खेल शनिबार: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्ने
एसियन युथ पारा गेम्सः नेपाललाई टेबलटेनिसमा रजत पदक
लुम्बिनीले जित्यो एनपीएल सिजन–२ को उपाधि, सुदूरपश्चिम फेरि स्तब्ध
आज उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै, कसले जित्ला एनपीएल ?
झापाबाट महामन्त्री विश्वप्रकाशसहित ६६ जनाको नाम सिफारिस
प्रतिक्रिया