एम्बुलेन्स चालक कुटपिट गर्ने पक्राउ
मेरोन्यूज
२०७८ जेठ १४ गते १५:२५

काठमाडौँ । नेपाल रेडक्रस सोसाइटी गुल्मी शाखाका एम्बुलेन्स चालक लालबहादुर खत्रीलाई कुटपिट गर्ने व्यक्ति पक्राउ परेका छन् । जिल्लाको रेसुङ्गा नगरपालिका–१ धागिथुमका अन्दाजी २५ वर्षका सागर बोहोरालाई बिहिबार प्रहरीले पक्राउ गरेको हो ।
उनले मङ्गलबार राति एम्बुलेन्स चालक खत्रीलाई कुटपिट गरेका थिए । पीडित खत्रीको परिवारले दिएको निवेदनका आधारमा बोहोरालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी पुरुषोत्तम प्रसाद पाण्डेले जानकारी दिए ।
घाइते खत्रीको अहिले लुम्बिनी मेडिकल कलेज पाल्पामा उपचार भइरहेको छ । बोहोरालाई केही दिन हिरासतमै राख्ने र छलफलपछि मुद्धा चलाउने वा नचलाउने भन्ने विषयमा टुङ्गो लाग्ने सूचना अधिकारी पाण्डेले बताए ।
सम्बन्धित
















प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
फरार प्रतिवादी २६ वर्षपछि पक्राउ
निजामती कर्मचारीको तलब १५ दिनमा भुक्तानी सुरु
अतिक्रमित जग्गामा बनाइएका घरटहरा खाली गर्न आग्रह
जोखिम नक्साङ्कनका लागि तथ्याङ्क अद्यावधिक गरिएको सेनाको स्पष्टोक्ति
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
हप्तामा एक पटक खाना पकाउँदा पनि घट्छ बिर्सने राेगकाे जोखिम
सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल
प्रतिक्रिया