वृद्ध भत्ता ४ हजार पुग्यो

काठमाडौं । सरकारले जेष्ठ नागरिकलाई दिँदै आएको वृद्ध भत्ता ४ हजार रुपैयाँ पुर्याएकाे छ । शनिबार अर्थमन्त्री विष्णु पौडेलले अत्यादेशमार्फत पेश गरेको आर्थिक वर्ष २०७७-७८ को बजेट भाषणमा ४ हजार रूपैयाँ पुर्याएकाे बताएका हुन् ।
अब ७० वर्षमाथिका सबै जेष्ठ नागरिकले मासिक ४ हजार रुपैयाँ पाउने छन् । यसअघि ३ हजार रुपैयाँ वृद्धभत्ता स्वरुप पाउँदै आएका थिए । यसबाट १३ लाख प्रत्यक्ष लाभान्वित हुनेछन् ।
६० वर्ष उमेर पुगेका दलित, कर्णालीका ज्येष्ठ नागरिक एवं पूर्ण तथा आंशिक अपांगता भएका नागरिक सामाजिक सुरक्षा भत्तामा समेटिनेछन् । यसबाट करिब १३ लाख ज्येष्ठ नागरिक प्रत्यक्ष लाभान्वित हुने अनुमान गरिएको छ ।
त्यस्तै अतिअशक्त, अपाङ्ता भएका, एकल महिला, लोपोन्मुख आदिवासी जनजातिसमेतलाई प्रदान गरिँदै आएको सामाजिक सुरक्षा भत्तामा मासिक १ हजार वृद्धि गरिएको छ ।
यसबाट राज्यको संरक्षण आवश्यक पर्ने करीब नौ लाख व्यक्तिको जीवनयापनमा सहजता आउने अपेक्षा गरिएको छ ।
२०७६-७७ मा तत्कालीन अर्थमन्त्री डा. युवराज खतिवडाले मासिक ३ हजार बनाएका थिए ।


















काठमाडौँ टोखामा विस्केट जात्रा सुरु
सात करोडमा बन्यो जिल्ला प्रशासन कार्यालय नवलपरासी भवन
British ambassador Fenn pays courtesy call on Education Minister Pokharel
Gold and silver prices up
गाजामा भएको इजरायली आक्रमणमा १० जनाको मृत्यु
हर्मुज घाँटीमा छिट्टै ‘नौसैनिक नाकाबन्दी’ सुरु गर्न राष्ट्रपति ट्रम्पको निर्देशन
मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक, प्रधानमन्त्री बालेन्द्र शाहको सम्पत्ति कती ?
पिर्के सलामी नलिने गृहमन्त्रीको घोषणा
होर्मुजमा अमेरिकी सेनालाई ‘घातक भुँमरी’मा फसाउने इरानी चेतावनी
वार्ता असफल भएसँगै विश्वबजारमा अत्याधिक बढ्न थाल्यो तेलको मुल्य
प्रतिक्रिया