प्रतिनिधिसभा विघटनपछि सिंहदरबारबाट आउँदै बजेट

काठमाडौँ । आर्थिक वर्ष २०७८–७९ को बजेट अध्यादेशमार्फत सिंहदरबारबाट आउने भएको छ । शनिबार बसेको मन्त्रिपरिषद्को बैठकले सवा १६ खर्ब रुपैयाँको बजेटको तयारी गरेको हो ।
गत ८ गते बिहान मन्त्रिपरिषद्को निर्णयले प्रतिनिधिसभा विघटन गरेसँगै यस वर्षको बजेट अध्यादेशमार्फत सिंहदरबारबाट आउन लागेको हो । यसअघि वैशाख २७ गते केपी शर्मा ओलीले प्रधानमन्त्रीमा विश्वासको मत लिन बसेको विषेश बैठकपछि बाहिरिदै संसद जिउँदो रहेकाले बजेट संसदबाट आउने बताएका थिए ।
आज ४ बजे सिंहदरबारबाट अर्थमन्त्री विष्णु पौडेलले बजेट सार्वजनिक गर्ने छन् । बजेट अध्यादेशमा राष्ट्रपति विद्यादेवी भण्डारीले लालमोहर लगाइसकेकी छन् । मन्त्रिपरिषद्को बैठकले बजेट सिफारिस गरी राष्ट्रपतिको कार्यालय शितल निवासमा पठाएको थियो ।
अर्थमन्त्रीका रूपमा पौडेलको यो दोस्रो बजेट हो । पाँच वर्षअघि उनले १० खर्ब ४८ अर्ब ९२ करोड १३ लाख ५४ हजार रुपैयाँको बजेट ल्याएका थिए । त्यसबेला उनी अर्थमन्त्री हुँदा प्रधानमन्त्रीमा केपी शर्मा ओली रहेका थिए ।
गत आर्थिक वर्षको भन्दा यसपटक डेढ खर्ब रुपैयाँले बढीको बजेट हुने छ । सरकारले ३० अर्ब रुपैयाँ निर्वाचनका लागि छुट्याउने तयारी गरेको छ ।


















‘बोरिङ लिफ्ट’ खानेपानी आयोजना निर्माण सुरु
विश्वविद्यालयबाट विद्यार्थी र कर्मचारी संगठन हटाउन प्रधानमन्त्रीको निर्देशन
रास्वपा महामन्त्रीमा भूपदेव शाह
दुई दिन सार्वजनिक बिदाले मानहुँकोटमा बढ्यो पर्यटकको चहलपहल
यूएई जान लागेकाको पासपोर्टमा काम गर्न निषेध लेख्ने अध्यागमनका २ अधिकृतलाई जिम्मेवारीबाट हटाइयाे
नेपाल धितोपत्र बोर्डको अध्यक्ष श्रेष्ठले दिए राजीनामा
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह
मौसम पूर्वानुमान : आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
चर्कियो तनाव : होर्मुजमा इरानद्वारा तेल ट्यांकरमाथि आक्रमण
आइतबार र शनिबारको सार्वजनिक बिदा अस्पतालमा पनि लागू गर्ने निर्णय
प्रतिक्रिया