राष्ट्रपतिले जारी गरिन् बजेट सम्वन्धी तीन अध्यादेश
मेरोन्यूज
२०७८ जेठ १५ गते १५:४४

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आथिर्क वर्ष २०७८/०७९ का लागि सरकारले प्रस्तुत गर्न लागेको बजेट अध्यादेश स्वीकृत गरेकी छिन् । बिहान मन्त्रिपरिषद्को बैठकले बजेटसँग सम्बन्धित रहेर तीन अध्यादेश स्वीकृतका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो ।
सोही निर्णयका आधारमा राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा आर्थिक अध्यादेश, २०७८, विनियोजन अध्यादेश, २०७८ र राष्ट्र ऋण उठाउने अध्यादेश, २०७८ स्वीकृत गरी जारी गरेको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशव प्रसाद घिमिरेले वक्तब्य जारी गरेर जनाएका छन् ।

अव केही वेरमा सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयवाट अर्थमन्त्री विष्णु पौडेलले अध्यादेशमार्फत आएको यो वजेट प्रस्तुत गर्ने छन् ।
सम्बन्धित


















‘बोरिङ लिफ्ट’ खानेपानी आयोजना निर्माण सुरु
विश्वविद्यालयबाट विद्यार्थी र कर्मचारी संगठन हटाउन प्रधानमन्त्रीको निर्देशन
रास्वपा महामन्त्रीमा भूपदेव शाह
दुई दिन सार्वजनिक बिदाले मानहुँकोटमा बढ्यो पर्यटकको चहलपहल
यूएई जान लागेकाको पासपोर्टमा काम गर्न निषेध लेख्ने अध्यागमनका २ अधिकृतलाई जिम्मेवारीबाट हटाइयाे
नेपाल धितोपत्र बोर्डको अध्यक्ष श्रेष्ठले दिए राजीनामा
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह
मौसम पूर्वानुमान : आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
चर्कियो तनाव : होर्मुजमा इरानद्वारा तेल ट्यांकरमाथि आक्रमण
आइतबार र शनिबारको सार्वजनिक बिदा अस्पतालमा पनि लागू गर्ने निर्णय
प्रतिक्रिया