नेता नेपालको हस्ताक्षर अनाधिकृत : थापा
मेरोन्यूज
२०७८ जेठ १६ गते १४:०६

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहाकार सुर्य थापाले विपक्षी गठबन्धनको तर्फबाट जारी गरेको वक्तव्यमा माधवकुमार नेपालले गरेको हस्ताक्षर अनाधिकृत भएको बताएका छन् ।
सामाजिक सञ्जालमा लेख्दै उनले भने, “विघटित प्रतिनिधि सभामा विपक्षी दलका नेता शेरबहादुर देउवासहितले जारी गरेको वक्तव्यमा माधवकुमार नेपालको हस्ताक्षर अनाधिकृत छ । नेकपा(एमाले)मा वरिष्ठ नेताको दर्जामा उहाँ हुनुहुन्न र हस्ताक्षर गर्दै हिड्न सम्बन्धित दलले कहिल्यै खटाएको पनि छैन ।”
उनले अझै विधि र पद्धतिको कुरा गर्ने भन्दै नेपाललाई प्रश्न गरेका छन् । देउवा निवास बुढानिकण्ठमा बसेको विपक्षी गठबन्धनको बैठकले ओलीले गरेको प्रतिनिधि सभाको विघटनको विरोधमा संयुक्त वक्तव्य निकालेको थियो । त्यसमा एमाले वरिष्ठ नेता नेपालको पनि हस्ताक्षर रहेको छ ।
सम्बन्धित
















इरान वार्ता अघि नबढे इरानमा पुनः ‘बमबारी’ हुनसक्ने राष्ट्रपति ट्रम्पको भनाइ
नेपालले यूएईलाई आठ विकेटले हरायो
रातो मछिन्द्रनाथको जात्रा सुरु (तस्वीरहरू)
ओमानसँग खेल्ने नेपाल ‘ए’ टोलीको घोषणा
रास्वपाकाे केन्द्रीय समिति बैठक बस्दै
आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
एम्बुलेन्सको ठक्करबाट एकै परिवारका दुई जनाको मृत्यु
याडियाको नयाँ वर्ष अफर : शून्य प्रतिशत ब्याजदरमा इएमआईसँगै आकर्षक उपहार
प्रतिक्रिया