नेपाल-खनाल पक्षलाई प्रधानमन्त्रीले भने : कति सपथ खाए होलान्, तर देशविरुद्ध अनिष्टको काम गरिरहेका छन्

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीभित्रैबाट देशका लागि अनिष्ट काम भइरहेको बताएका छन् । तेस्रो राष्ट्रिय महिला अधिकार दिवसका अवसरमा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आयोजित कार्यक्रममा उनले संसदीय प्रणाली र दलीय व्यवस्थामा विश्वमा कही नभएको घटना नेपालमा भइरहेको बताए ।
प्रधानमन्त्री ओलीले नेता माधव नेपाल, झलनाथ खनालप्रति इंगित गर्दै पार्टी नेतृत्वमा नै धमिलो भएपछि कार्यकर्तामा प्रभाव पर्नु सामान्या भएको टिप्पणी गरे । ‘तिनले कहाँ–कहाँ सपथ खाए होलान्, तर देशको विरुद्ध अनिष्टको काम गरिरहेका छन्, जब नेतृत्व तहबाट त्यस प्रकारका काम हुन्छन्, नेतृत्व तह अनुशासनहीन र अराजकतामा उत्रिन्छ,’ प्रधानमन्त्री ओलीले भने, ‘सम्मानीय राष्ट्रपति ज्यूकोमा गएर एक जनाले म विरोधमा आएको छु भन्नु भएछ गर्वसाथ, सरम छैन ।’
यस्तै प्रधानमन्त्री ओलीले आफ्नो पार्टीको सरकार ढाल्नका लागि विश्वासको मत नदिएर बाहिर बस्नु र अर्को सरकार बनाउन कसरत गर्नु दलीय अनुशासन, मर्यादा, प्रणाली संसदीय प्रणालीविरुद्ध भएको बताए । उनले संवैधानिक र कानूनी हिसाबले राज्यका सबै अंगमा महिलाको ३३ प्रतिशत सुनिश्चितताको उपलब्धि प्राप्त भए पनि कतिपयलाई यो चित्त नबुझेको टिप्पणी गरे ।


















मौसम पूर्वानुमान : तराई क्षेत्रमा तातो लहरको सम्भावना
आज वैशाख ८ गते मंगलबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
त्रिभुवन विमानस्थल राति सात घण्टा बन्द हुने
आज कुन विदेशी मुद्राको विनिमयदर कती ?
यूएईसँगको खेलमा नेपाल पराजित
चर्कियो तनाव : होर्मुजमा इरानद्वारा तेल ट्यांकरमाथि आक्रमण
इरानले फेरी बन्द गर्यो स्ट्रेट अफ होर्मुज
सर्वोच्चका कर्मचारीलेनै पालना गरेनन् नियम
आइतबार र शनिबारको सार्वजनिक बिदा अस्पतालमा पनि लागू गर्ने निर्णय
पूर्णबहादुर खड्काले बोलाए निवर्तमान पदाधिकारी र केन्द्रीय सदस्यसहितको बैठक
प्रतिक्रिया