बजेटपछि नेप्सेमा नयाँ रकेर्ड

काठमाडौं । शेयर बजारमा आज आइतबार एकैदिन १७ अर्ब २ करोड ८४ लाख ३२ हजार २ सय ४५ रुपैयाँ बराबरको कारोबार भएको छ । यो रकमका आधारमा शेयर बजारमा एकैदिन कारोबार भएको हालसम्मकै पहिलो र ठूलो रहेको स्टक एक्सचेञ्जले जनाएको छ ।
गत साताको अन्तिम कारोबार हुने दिन बिहिबार एकैदिन १४ अर्ब ७६ करोड ८७ लाख रुपैयाँको शेयर कारोबार हुँदै नयाँ रेकर्ड देखिएको थियो ।
बजेट पछि पहिलो पटक कारोबार भएको दिन आइतबार कूल १ सय ७३ कम्पनीका ४ करोड २६ लाख ३६ हजार ३ सय ४८ कित्ता शेयर १ लाख ७३ हजार ५ सय ३७ पटक कारोबार भएको कारोबार संस्था स्टक एक्सचेञ्जले जनाएको छ ।
संस्थागत लगानीकर्ता र ब्यापारिक समुहको लगानी पनि शेयर बजारमा लगानी केन्द्रिकृत हुँदा बजारमा दिनप्रतिदिन नयाँ नयाँ रेकर्ड कायम हुन थालेको छ ।
चालु आवको चौथोे त्रैमासिक अवधिमा सरकारी खर्च गर्ने क्रम बढ्दै जाने र लगानीका क्षेत्रमा आएको संकुचनले तरलता बढ्दा शेयर बजारमा थप उचाई कायम हुने आंकलन गर्न थालिएको छ ।
यसदिन कारोबारमा आएका ९९ कम्पनीको शेयरमूल्य बढेको छ भने ८० कम्पनीको शेयरमूल्य घट्दा ३ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । नेप्से सूचक दोहोरो अंक १२ दशमलब ५४ अंकले बढेर २ हजार ८ सय २७ दशमलब ९३ बिन्दुमा पुगेर बन्द भएको स्टक एक्सचेञ्जले जनाएको छ ।
















इरान वार्ता अघि नबढे इरानमा पुनः ‘बमबारी’ हुनसक्ने राष्ट्रपति ट्रम्पको भनाइ
नेपालले यूएईलाई आठ विकेटले हरायो
रातो मछिन्द्रनाथको जात्रा सुरु (तस्वीरहरू)
ओमानसँग खेल्ने नेपाल ‘ए’ टोलीको घोषणा
रास्वपाकाे केन्द्रीय समिति बैठक बस्दै
आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
एम्बुलेन्सको ठक्करबाट एकै परिवारका दुई जनाको मृत्यु
याडियाको नयाँ वर्ष अफर : शून्य प्रतिशत ब्याजदरमा इएमआईसँगै आकर्षक उपहार
प्रतिक्रिया