मंगलबार, वैशाख ९, २०८२

बजेटपछि नेप्सेमा नयाँ रकेर्ड

मेरोन्यूज २०७८ जेठ १६ गते १६:१६

काठमाडौं । शेयर बजारमा आज आइतबार एकैदिन १७ अर्ब २ करोड ८४ लाख ३२ हजार २ सय ४५ रुपैयाँ बराबरको कारोबार भएको छ । यो रकमका आधारमा शेयर बजारमा एकैदिन कारोबार भएको हालसम्मकै पहिलो र ठूलो रहेको स्टक एक्सचेञ्जले जनाएको छ ।

गत साताको अन्तिम कारोबार हुने दिन बिहिबार एकैदिन १४ अर्ब ७६ करोड ८७ लाख रुपैयाँको शेयर कारोबार हुँदै नयाँ रेकर्ड देखिएको थियो ।

बजेट पछि पहिलो पटक कारोबार भएको दिन आइतबार कूल १ सय ७३ कम्पनीका ४ करोड २६ लाख ३६ हजार ३ सय ४८ कित्ता शेयर १ लाख ७३ हजार ५ सय ३७ पटक कारोबार भएको कारोबार संस्था स्टक एक्सचेञ्जले जनाएको छ ।

संस्थागत लगानीकर्ता र ब्यापारिक समुहको लगानी पनि शेयर बजारमा लगानी केन्द्रिकृत हुँदा बजारमा दिनप्रतिदिन नयाँ नयाँ रेकर्ड कायम हुन थालेको छ ।

चालु आवको चौथोे त्रैमासिक अवधिमा सरकारी खर्च गर्ने क्रम बढ्दै जाने र लगानीका क्षेत्रमा आएको संकुचनले तरलता बढ्दा शेयर बजारमा थप उचाई कायम हुने आंकलन गर्न थालिएको छ ।

यसदिन कारोबारमा आएका ९९ कम्पनीको शेयरमूल्य बढेको छ भने ८० कम्पनीको शेयरमूल्य घट्दा ३ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । नेप्से सूचक दोहोरो अंक १२ दशमलब ५४ अंकले बढेर २ हजार ८ सय २७ दशमलब ९३ बिन्दुमा पुगेर बन्द भएको स्टक एक्सचेञ्जले जनाएको छ ।

प्रतिक्रिया