सोमबार, वैशाख ७, २०८३

ओली पक्षमा लच्किए योगेश भट्टराई, भन्छन् : सरकारको बजेट जनमुखी

मेरोन्यूज २०७८ जेठ १६ गते १८:३४

काठमाडौँ । नेकपा एमाले माधवकुमार नेपाल समूहका नेता योगेश भट्टराई प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली समूहतिर लच्किएका छन् । शनिबार अर्थमन्त्री विष्णु पौडेलद्वारा सार्वजनिक बजेट जनमुखी रहेको प्रतिकृया दिएसँगै उनी ओलीप्रति लचिलो बनेका हुन् ।

Advertisement
nepal life insurencenepal life insurenceNiccNicc

‘अर्थमन्त्री माननीय विष्णु पौडेलले हिजो सार्वजनिक गर्नु भएको आब २०७८–७९ को बजेट मूलतः जनमुखी छ, हरेक बजेटका चुनौती जस्तै यो बजेटका पनि कार्यन्वयन, पुँजीगत खर्च कम हुने, राजनीतिक र प्रशासनिक नेत्रित्वमा इच्छा शक्तिको कमी, राजश्वको लक्ष नभेटाउने, राष्ट्रिय उत्पादनमा प्रगति नहुने लगायतका चुनौती भने यो बजेटका सामु पनि विद्यामान छन,’ सामाजिक सञ्जाल फेसबुकमार्फत नेता भट्टराईले
भने ।

पछिल्लो समय कहिले नेपाल समूह त कहिले ओली समूहको पक्षमा बोल्दै आएका नेता भट्टराईले ओली समूहका नेता तथा अर्थमन्त्री पौडेलले ल्याएको बजेटलाई सकारात्मक प्रतिकृया दिएका हुन् ।

प्रतिक्रिया