उप निर्वाचनको मतदान नजिकिदै गर्दा सत्तारुढ दलको पक्षमा निर्णय

काठमाडौँ । सर्वोच्च अदालतमा मुद्दा विचाराधीन रहेको अवस्थामा राष्ट्रिय सभा निर्वाचनको मतदानको केही घण्टाअघि जनता समाजवादी पार्टी (जसपा)बाट मन्त्री बनेका ४ जनालाई निर्वाचन आयोगले मताधिकार दिएको छ ।
जसपाले कारबाही गरेपछि पदमुक्त भएका विजयबहादुर यादव, सन्तोषकुमार पाण्डेय, कल्पना पाण्डेय लम्साल र सुमन शर्मा रायमाझीलाई मतदान शुरू हुनु १६ घण्टाअघि आइतबार साँझ ५ बजे निर्वाचन आयोगले मतदानको अधिकारको निर्णय गरेको हो ।
यसअघि आयोगले प्रकाशित गरेको मतददाता नामावलीमा उनीहरुको राखिएको थिएन । यससँगै लुम्बिनी प्रदेशमा ८३ जना प्रदेशसभा सदस्यले मतदान गर्ने छन् । चार मन्त्रीले मताधिकार पाएसँगै सत्ता पक्षका उम्मेदवारको पक्षमा १९६ मतभार बढेको छ ।
एकजना प्रदेश सांसदको मतभार ४८ रहेको छ । निर्वाचनमा एमालेका तर्फबाट चन्द्रबहादुर खड्का र विपक्षी चार दलको गठबन्धनबाट नेपाली कांग्रेसका दृगनारायण पाण्डे उम्मेदवार छन् ।
दाङको घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा सोमबार भोलि बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म मतदान हुने छ ।


















दुई दिन सार्वजनिक बिदाले मानहुँकोटमा बढ्यो पर्यटकको चहलपहल
यूएई जान लागेकाको पासपोर्टमा काम गर्न निषेध लेख्ने अध्यागमनका २ अधिकृतलाई जिम्मेवारीबाट हटाइयाे
यूएईविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
‘लु’ को जोखिम बढ्दै, बच्ने कसरी ?
सुरु भयाे रास्वपा केन्द्रीय समिति बैठक
नेपाल धितोपत्र बोर्डको अध्यक्ष श्रेष्ठले दिए राजीनामा
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह
मौसम पूर्वानुमान : आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
चर्कियो तनाव : होर्मुजमा इरानद्वारा तेल ट्यांकरमाथि आक्रमण
आइतबार र शनिबारको सार्वजनिक बिदा अस्पतालमा पनि लागू गर्ने निर्णय
प्रतिक्रिया