उप निर्वाचनको मतदान नजिकिदै गर्दा सत्तारुढ दलको पक्षमा निर्णय

काठमाडौँ । सर्वोच्च अदालतमा मुद्दा विचाराधीन रहेको अवस्थामा राष्ट्रिय सभा निर्वाचनको मतदानको केही घण्टाअघि जनता समाजवादी पार्टी (जसपा)बाट मन्त्री बनेका ४ जनालाई निर्वाचन आयोगले मताधिकार दिएको छ ।
जसपाले कारबाही गरेपछि पदमुक्त भएका विजयबहादुर यादव, सन्तोषकुमार पाण्डेय, कल्पना पाण्डेय लम्साल र सुमन शर्मा रायमाझीलाई मतदान शुरू हुनु १६ घण्टाअघि आइतबार साँझ ५ बजे निर्वाचन आयोगले मतदानको अधिकारको निर्णय गरेको हो ।
यसअघि आयोगले प्रकाशित गरेको मतददाता नामावलीमा उनीहरुको राखिएको थिएन । यससँगै लुम्बिनी प्रदेशमा ८३ जना प्रदेशसभा सदस्यले मतदान गर्ने छन् । चार मन्त्रीले मताधिकार पाएसँगै सत्ता पक्षका उम्मेदवारको पक्षमा १९६ मतभार बढेको छ ।
एकजना प्रदेश सांसदको मतभार ४८ रहेको छ । निर्वाचनमा एमालेका तर्फबाट चन्द्रबहादुर खड्का र विपक्षी चार दलको गठबन्धनबाट नेपाली कांग्रेसका दृगनारायण पाण्डे उम्मेदवार छन् ।
दाङको घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा सोमबार भोलि बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म मतदान हुने छ ।










कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गराउन सञ्चारमन्त्रीको निर्देशन
बलिउडमा ‘नक्कली चमक’ विवाद : हेरफेर गरिएका समीक्षा र फुलाइएका अङ्कले विश्वसनीयता सङ्कट
कांग्रेसका युवा नेताहरुद्वारा ‘कांग्रेस सुधार अभियान’
पूर्व प्रधानमन्त्री शेख हसिनाको मृत्युदण्ड र बङ्गलादेशको राजनीतिक भविष्य
म्यानमारमा ठगीमा परेका ३७ नेपाली स्वदेश फर्काइए
मृत्युदण्डको सजायपछि शेख हसिनाले के भनिन् ?
जिपी कोइराला फाउन्डेशन अमेरीका च्याप्टरको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न
आज २०८२ साल मंसिर २ गते मंगलबारको राशिफल
जाडोमा गुड खानुका फाइदै फाइदा, दिनमा कति खाने ?
बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्डको सजाय
प्रतिक्रिया