बंगलादेशले भारतसँगको सीमा नाका जुन १४ सम्म बन्द गर्ने

काठमाडौँ । बंगलादेश सरकारले भारतसँगको स्थल नाका हुँदै गरिने सार्वजनिक यात्रामा भइरहेको प्रतिबन्धलाई जुन १४ सम्म विस्तार गर्ने निर्णय गरेको छ ।
छिमेकी मुलुक भारतमा कोरोना भाइरस (कोभिड–१९) वृद्धि भएको समय बंगलादेशको भारतसँगको स्थल सीमालाई अप्रिल २६ देखि बन्द गरिएको थियो । सीमा क्षेत्रमा यात्रा प्रतिबन्धको अन्तिम मिति मे ३१ सम्मका लागि जारी गरिएको थियो ।
शनिबार बंगलादेशको परराष्ट्र सचिवको अध्यक्षतामा बसेको बैठकले भारतसँगको सीमा बन्द गर्ने निर्णयलाई विस्तार गर्ने भएको बताइएको छ ।
सरकारले भाइरसको फैलावट रोक्न भारतसँग जोडिएका अन्य दुई सीमा विन्दुमार्फत् हुने दुई थप स्थलमार्गलाई पनि यात्रा बन्द गर्ने निर्णय गरेको छ ।
आइतबार बन्द गरिएका सीमा बजारहरूमा चोदंगाको दर्शना र चपेनावाबगंजको सोना मस्जिद रहेका बताइएको छ । सरकारको निर्णय अनुसार दर्शन पोर्ट एक हप्ताको र सोना मस्जिद दुई हप्ताका लागि बन्द रहने छन् ।
















मनोहरा क्षेत्रका सबै ८१० घरटहरा भत्काइयो
कुष्ठरोग लागेका व्यक्तिसँग विवाह बदर हुने कानुनी व्यवस्था खारेज
सुकुम्वासी बस्ती खाली गर्न लागिएको विरूद्धको रिटमा कारण देखाउ आदेश जारी
कमला नदीको अस्थायी बाँध बाढीले बगाउँदा आवतजावतमा समस्या
बङ्गलादेशमा आतङ्ककारी धम्कीपछि विमानस्थल सुरक्षा कडाइ
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
विश्वकप लिग–२ः नेपालले यूएईलाई दियो २०१ रनको लक्ष्य
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
विभिन्न स्थानमा बदली, केही क्षेत्रमा वर्षा तथा चट्याङको सम्भावना
प्रतिक्रिया