एमाले स्थायी कमिटी बैठक २ पटक किन भयो स्थगित ?
लुम्बिनी प्रदेशको उप निर्वाचनमा असर पुग्ने भएकाले बैठक स्थगित

काठमाडौँ । नेकपा एमालेको स्थायी कमिटी बैठक दुईपटक स्थगित भएको छ । पार्टीले आइतबार बोलाएको बैठक पहिलोपटक सोमबारका लागि सारिएको हो ।
यस्तै, सोमबार बिहान बस्ने भनिएको बैठक मंगलबारका लागि बोलाइएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले पहिलोपटक आइतबार साँझ ५ बजे स्थायी कमिटीको बैठक बोलाएका थिए ।
आज बैठक बस्न नसकेपछि मंगलबार बिहान ११ बजे बैठक बोलाएको एमाले केन्द्रीय पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए । यसैबीच उनले दुईपटक बैठक स्थगित हुनुलाई चासोका साथ हेरिएको बताए ।
एमाले स्थायी कमिटी सदस्य रघुवीर महासेठले लुम्बिनी प्रदेशमा भइरहेको राष्ट्रिय सभाको उप निर्वाचनका कारण बैठक स्थगित भएको जानकारी दिए । उनले निर्वाचनका कारण नै स्थायी कमिटीको बैठक स्थगित भएको मेरोन्यूजलाई जानकारी दिएका हुन् ।
पार्टीले सोधेको स्पष्टीकरण नदिएको, पार्टीको विधानविपरीत काम गरेको भन्दै वरिष्ठ नेता मावध नेपाल, झलनाथ खनालसहित १२ जनालाई पार्टीबाट निष्कासन गरिसकेको अवस्थामा नेपाल पक्षका ११ नेतालाई थप कारबाही गर्ने बुझिएको छ । यसैबीच उप निर्वाचनमा यसको असर पर्ने भन्दै पार्टीको बैठक सारिएको हो । पार्टीले कारबाही हुन बाँकी भएका नेपाल पक्षका नेताहरूलाई स्पष्टीकरण सोधिसकेको छ ।
यसअघि पार्टीको कारबाहीमा परेका नेपालसहितका चार नेतालाई पार्टीभित्रको विवाद मिलाउन कारबाही फिर्ता लिएको थियो । तर, पार्टीको हितविपरीत अध्यक्षलाई प्रधानमन्त्रीमा समर्थन गर्न छाडेर कांग्रेस सभापति शेरबहादुर देउवालाई समर्थन गरेको आरोपमा पार्टीबाट निष्कासन गरेको हो ।
पार्टीले नेता घनश्याम भुषाल, सुरेन्द्र पाण्डेसहित ११ नेतालाई स्पष्टीकरण सोधेको छ । उनीहरुको कारबाहीलाई लिएर पटकपटक स्थायी कमिटी बैठक सारिएको हो ।
लुम्बिनी प्रदेशमा एमाले ओली पक्ष र विपक्षी गठबन्धन (नेपाली कांग्रेस, माओवादी केन्द्र, एमाले नेपाल नेपाल पक्ष र राष्ट्रिय जनता पार्टीका बाबुराम भट्टराई र उपेन्द्र यादव पक्ष)को प्रतिस्पर्धा हुँदै छ ।
















प्रधानमन्त्री सुशीला कार्की र रास्वपा सभापति लामिछानेबीच भेटवार्ता
चालीस हजार स्थायी शिक्षकको व्यक्तिगत अभिलेख ‘डिजिटलाइजेशन’ गरियो
इरानकाे धम्की : हाम्रा आणविक केन्द्रमा आक्रमण भए ति पुनर्निर्माण सम्पन्न नभएसम्म हर्मोजकाे मार्ग खोलिने छैन
सभापति गगन थापाको राजीनामा कांग्रेसद्वारा अस्वीकार
निषेधित क्षेत्रमा पदयात्राबारे अध्यागमन विभागद्वारा सूचना जारी
राष्ट्रिय सभा सदस्य नपाएपछि प्रधानमन्त्रीका सल्लाहकारद्वयकाे राजीनामा !
इरानद्वारा डिएगो गार्सियामा क्षेप्यास्त्र प्रहारपछि किन आत्तियाे अमेरिका ?
सुनचाँदीकोे मूल्य निरन्तर ओरालोतिर, आज कतिमा काराेबार हुँदैछ ?
रास्वपाले संसदीय दलको नेताका लागि निर्वाचन नगर्ने
पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव: देशका विभिन्न भागमा बदली, वर्षा र हिमपातको सम्भावना
प्रतिक्रिया