कोभिड १९ युनिफाइड केन्द्रीय अस्पतालमा दुई उपनिर्देशक नियुक्त
मेरोन्यूज
२०७८ जेठ १७ गते १४:३४
काठमाडौँ । कोरोना भाइरस (कोभिड १९) युनिफाइड केन्द्रीय अस्पताल (वीर अस्पताल)मा दुई जना उपनिर्देशक नियुक्त भएका छन् ।
डा. नवीन पोखरेल र डा. अशेष ढुंगाना उपनिर्देशकमा नियुक्त भएका हुन् । दुवै जनालाई अस्पतालका प्रमुख प्रशासकीय अधिकारी प्रा.डा. जागेश्वर गौतमले उपनिर्देशकमा नियुक्त गरेका हुन् ।
डा. ढुंगानालाई भने वीरको कोभिड १९ हेर्ने गरी उपनिर्देशक बनाइएको हो । उनी वरिष्ठ छाती रोग विशेषज्ञ हुन् । यसैगरी, डा. पोखरेल दशौँ तहका चिकित्सक हुन् ।
राष्ट्रिय ट्रमा सेन्टरका एनेस्थेसिया एण्ड क्रिटिकल केयर विशेषज्ञ हुन् । पोखरेलले वीरको नन कोभिडतर्फको उपचार हेर्ने छन् ।
सरकारले कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश जारी गरेसँग वीर अस्पताललाई कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पताल रुपमा सञ्चालन तोकिएको छ । अस्पताल स्वास्थ्य मन्त्रालय नै सञ्चालन गर्ने व्यवस्था छ ।
सम्बन्धित










एमालेको मतदान समय सारियो, अब बुधबार बिहान ८ बजेदेखि
निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्योः आयोग
आगामी आवको बजेट निर्माण प्रक्रिया सुरु
…अनि मनभरि आशा बोकेर सिंहदबार छिरे जयलाल
एमालेको महाधिवेशन : भाेली १ः३० बजेभित्र उम्मेदवारी दर्ता गर्नुपर्ने
सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल
प्रत्येक प्रदेशबाट एक युवा अनिवार्य, यस्तो बन्ने भयाे एमाले केन्द्रीय कमिटीको संरचना (सूचीसहित)
विधान संशोधनपछि सुरेन्द्र पाण्डेको आपत्ति : ‘हिजो घटाउने अनि आज बढाऔं भन्नु मनपरी होइन?’
कांग्रेसले बोलायो केन्द्रीय समितिको आकस्मिक बैठक
प्रतिक्रिया