कोभिड १९ युनिफाइड केन्द्रीय अस्पतालमा दुई उपनिर्देशक नियुक्त
मेरोन्यूज
२०७८ जेठ १७ गते १४:३४
काठमाडौँ । कोरोना भाइरस (कोभिड १९) युनिफाइड केन्द्रीय अस्पताल (वीर अस्पताल)मा दुई जना उपनिर्देशक नियुक्त भएका छन् ।
डा. नवीन पोखरेल र डा. अशेष ढुंगाना उपनिर्देशकमा नियुक्त भएका हुन् । दुवै जनालाई अस्पतालका प्रमुख प्रशासकीय अधिकारी प्रा.डा. जागेश्वर गौतमले उपनिर्देशकमा नियुक्त गरेका हुन् ।
डा. ढुंगानालाई भने वीरको कोभिड १९ हेर्ने गरी उपनिर्देशक बनाइएको हो । उनी वरिष्ठ छाती रोग विशेषज्ञ हुन् । यसैगरी, डा. पोखरेल दशौँ तहका चिकित्सक हुन् ।
राष्ट्रिय ट्रमा सेन्टरका एनेस्थेसिया एण्ड क्रिटिकल केयर विशेषज्ञ हुन् । पोखरेलले वीरको नन कोभिडतर्फको उपचार हेर्ने छन् ।
सरकारले कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश जारी गरेसँग वीर अस्पताललाई कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पताल रुपमा सञ्चालन तोकिएको छ । अस्पताल स्वास्थ्य मन्त्रालय नै सञ्चालन गर्ने व्यवस्था छ ।
सम्बन्धित















रत्ननगर नगरपालिकाले कक्षा १२ सम्म निःशुल्क शिक्षा दिने
‘बिदा पायौँ भनेर घुम्न नजानुस्, इन्धन खपतमा सजग रहौँ’
कलाकार बलेलाई ५ दिन हिरासतमा राख्न अनुमति
सभामुख र उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक
मध्यपूर्व युद्ध अन्त्यका विषयमा रुसी राष्ट्रपति पुटिन र साउदी राजकुमारबिच वार्ता
बादलको अभिव्यक्ति पार्टी नीति विपरीत छ : विष्णु पौडेल
स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
निर्माण व्यवसायी महासङ्घको अध्यक्षमा निकोलश पाण्डे विजयी
प्रतिक्रिया