८ मन्त्रीसहित २ राज्यमन्त्री लिएर जसपाका ठाकुर पक्ष सरकारमा जाँदै

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतो पक्षको भेटवार्ता सकिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठक बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म चलेको थियो ।
छलफलमा जसपा सरकारमा जाने टुंगो लागेको बैठकमा सहभागी एक नेताले जानकारी दिए । उनका अनुसार सुरुको चरणमा जसपाबाट ७ मन्त्री र दुई राज्यमन्त्रीमा कुरा चलेको छ । यस्तै, पछि एक मन्त्री थप्ने गरी छलफल टुंगिएको छ ।
ती नेताका अनुसार जसपामा देखिएको विवाद चाँडो टुंगोमा पुर्याएर सरकारमा सहभागी बन्ने भएको हो । बैठकमा मधेस आन्दोलन र थरुहट आन्दोलनमा सहभागी नेता कार्यकर्तामाथि लागेका केही मुद्दा फिर्ताबारेमा समते कुरा भएको छ ।
यस्तै, बैठकमा सहभागी नेकपा एमालेका नेता सुवाङ नेम्वाङले जसपाको पहिलेकै मागको निरन्तरता भएको बताए । उनका अनुसार प्रधानमन्त्री ओलीले जसपालाई सरकारमा आउन आग्रह गरेका हुन् ।










मोटरसाइकल चोरीमा संलग्न तीन जना पक्राउ
कोशी प्रदेशको योजना आयोगको उपाध्यक्षमा निरौला नियुक्त
शंकर पोखरेल र महेश बस्नेत आउने भएपछि बारामा विरोध प्रदर्शन, ‘कर्फ्यू’ आदेश जारी
ताप्लेजुङको तेम्बा बजारमा आगलागी, एक करोड १८ लाखभन्दा बढीकाे क्षति
मृत्युदण्डको सजायपछि शेख हसिनाले के भनिन् ?
प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारी दर्ता माघ ६ गते
जिपी कोइराला फाउन्डेशन अमेरीका च्याप्टरको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न
आज २०८२ साल मंसिर २ गते मंगलबारको राशिफल
आज २०८२ साल मंसिर १ गते सोमबारको राशिफल
प्रतिक्रिया