लुम्बिनी प्रदेशको उप निर्वाचनमा २९७ मत खस्यो, ३ जनाले गरेनन् मतदान
मेरोन्यूज
२०७८ जेठ १७ गते १५:२२

काठमाडौँ । लुम्बिनी प्रदेशमा भएको राष्ट्रिय सभा सदस्यको उपनिर्वाचनमा २ सय ९७ जनाले मत हालेका छन् । ३ सय मतदातामध्ये तीन जना अनुपस्थित भएका हुन् ।
नेपालगञ्ज उपमहानगरपालिकाका मेयर धवलशमशेर राणा मतदानमा सहभागी भएनन् । उनले सार्वजनिक रूपमा निर्वाचन बहिष्कार गरेका थिए । यस्तै, नरैनापुर गाउँपालिका बाँकेका अध्यक्ष मोहम्मद इस्तियाक साह बिरामी भएर उपचार गर्न लखनउ गएका छन् भने गुल्मीको दरबार गाउँपालिका अध्यक्ष अशोक थापा बिरामी भएर काठमाडौंमा उपचार गरिरहेका छन् ।
सोमबार सम्पन्न भएको उप निर्वाचनमा प्रदेश सभाका ८३ जनाले मत खसालेका छन् । मतदानको समय सकिएसँगै मुचुल्का उठाएर मतगणना सुरू हुनेछ । मतपरिणाम आजै आउनेछ ।
लुम्बिनीमा नेकपा एमालेको केपी शर्मा ओली समूह र विपक्षी गठबन्धन गरी दुई जना उम्मेदवार छन् ।
सम्बन्धित










वाग्मतीमा प्रदेशको पुँजीगत खर्च निराशाजनक
एआई र विद्युतीय गाडीमा साओमीको यस्ताे सफलता
Four houses perish in fire
ताप्लेजुङको तेम्बा बजारमा आगलागी, चार घर जले
यस्तो छ आजका लागि सागसब्जी र फलफूलको मूल्य
मृत्युदण्डको सजायपछि शेख हसिनाले के भनिन् ?
प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारी दर्ता माघ ६ गते
एकैदिन तोलामा ६ हजार ९०० ले घट्यो सुनको मूल्य
आज २०८२ साल मंसिर १ गते सोमबारको राशिफल
आज २०८२ साल मंसिर २ गते मंगलबारको राशिफल
प्रतिक्रिया