परराष्ट्र मन्त्रीले मागे युएईसँग सहयोग
मेरोन्यूज
२०७८ जेठ १७ गते १७:२०

काठमाडौं । परराष्ट्रमन्त्री प्रदिप कुमार ज्ञवालीले संयुक्त अरब इमिरेट्स (युएई)का परराष्ट्र तथा अन्तराष्ट्रिय राज्यमन्त्री अहमद अलि अल सायहसँग कोरोनाका बेला सहयोग बारे छलफल गरेका छन् ।
आज भएको भिज्योल बैठकमा नेपाल र युएईबीचको सहयोगका साथै विभिन्न पक्षबारे छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
छलफलका क्रममा परराष्ट्रमन्त्री ज्ञवालीले कोरोना महामारीको बेला चिकित्सा सामाग्रीमा युएईले गरेको सहयोगको प्रंशसा गर्दै त्यहाँ रहेका नेपालीमा पनि सहयोग हुनेमा दुईमत नरहेको बताए ।
भेटमा युएईका मन्त्री सायहले कोरोनाको बेला नेपाललाई गर्ने सहयोगको निरन्तता हुने जनाउँदै त्यहाँ रहेका नेपालीलाई पनि कुनै समस्या नहुने आश्वासन दिए ।
उनले नेपाल सरकारको अनुरोधलाई स्थान दिँदै आगामी दिनमा पनि भेन्टिलेटर सहितको चिकित्सा उपकरणलाई बढावा दिने प्रतिबद्धता जनाए ।

सम्बन्धित















11 more bodies found after deadly ferry accident in S. Philippines
1,246 polling stations in Madhesh Province categorized as highly sensitive
कागबेनी–मुक्तिनाथ सडकको हिउँ पन्छ्याउन सुरु
कोशी प्रदेशसभाको हिउँदे अधिवेशन आव्हान गर्न सिफारिश
बालेन शाहविरूद्ध निर्वाचन आयोगमा उजुरी
अस्पतालमा राखिएको शव अर्कैले लिएर अन्त्यष्टि गरेपछि…
म दुई दिनको चटक देखाउन होइन, मधेस पढ्न र बुझ्न आएको हुँः सभापति थापा
४२ अंकले घटेकाे सेयर बजारमा काराेबार कति ?
स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम भयाे, घण्टी बजाएर केही हुनेवाला छैन : प्रचण्ड
प्रतिक्रिया