मोटरसाइकल चोरीको अभियोगमा दुई जना पक्राउ
मेरोन्यूज
२०७८ जेठ १८ गते १२:१०

काठमाडौं । कोटेश्वरको नरेफाँटबाट मोटरसाइकल चोरेको आरोपमा दुई युवा पक्राउ परेका छन् ।
महानगरीय प्रहरी प्रभाग कोटेश्वरका इन्सपेक्टर सुरेशराज भट्ट नेतृत्वको टोलीले पर्साको बीरगञ्जस्थित परवानीपुर घर भएका १८ वर्षीय बिकास थापा मगर र २१ वर्षीय विशाल थापा मगरलाई पक्राउ गरेको हो ।
उनीहरुलाई चोरी गरेको ४ वटा मोटरसाइकल र दुई वटा स्कुटर प्रहरीले बरामद गरेको छ । चार दिनअघि नरेफाँटबाट मोटरसाइकल हराएको सूचना पाएपछि प्रहरीले चोरीमा संलग्नको खोजी थालेको थियो । बिकास र विशाल दैनिक मोटरसाइकल फेरेर हिँड्थे ।
काठमाडौंको तीनकुने र नरेफाँट तथा भक्तपुर र ललितपुरबाट पनि उनीहरुले मोटरसाइकल चोरी गरेको प्रहरी अनुसन्धानबाट खुलेको महानगरीय प्रहरी परिसरले जनाएको छ ।
सम्बन्धित
















शंकर अग्रवाल रिहा
अरनिको राजमार्गः धुलिखेल–खावा सडकमा कालोपत्र सुरु
नेपाली लेखक सङ्घ कास्कीको अध्यक्षमा अथक
Speaker Aryal assumes office
एफएनसिसिआई निर्वाचनः वस्तुगततर्फ घिमिरे समूहद्वारा उम्मेदवारी दर्ता
सभामुख र उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक
मध्यपूर्व युद्ध अन्त्यका विषयमा रुसी राष्ट्रपति पुटिन र साउदी राजकुमारबिच वार्ता
बादलको अभिव्यक्ति पार्टी नीति विपरीत छ : विष्णु पौडेल
स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
निर्माण व्यवसायी महासङ्घको अध्यक्षमा निकोलश पाण्डे विजयी
प्रतिक्रिया