मोटरसाइकल चोरीको अभियोगमा दुई जना पक्राउ
मेरोन्यूज
२०७८ जेठ १८ गते १२:१०

काठमाडौं । कोटेश्वरको नरेफाँटबाट मोटरसाइकल चोरेको आरोपमा दुई युवा पक्राउ परेका छन् ।
महानगरीय प्रहरी प्रभाग कोटेश्वरका इन्सपेक्टर सुरेशराज भट्ट नेतृत्वको टोलीले पर्साको बीरगञ्जस्थित परवानीपुर घर भएका १८ वर्षीय बिकास थापा मगर र २१ वर्षीय विशाल थापा मगरलाई पक्राउ गरेको हो ।
उनीहरुलाई चोरी गरेको ४ वटा मोटरसाइकल र दुई वटा स्कुटर प्रहरीले बरामद गरेको छ । चार दिनअघि नरेफाँटबाट मोटरसाइकल हराएको सूचना पाएपछि प्रहरीले चोरीमा संलग्नको खोजी थालेको थियो । बिकास र विशाल दैनिक मोटरसाइकल फेरेर हिँड्थे ।
काठमाडौंको तीनकुने र नरेफाँट तथा भक्तपुर र ललितपुरबाट पनि उनीहरुले मोटरसाइकल चोरी गरेको प्रहरी अनुसन्धानबाट खुलेको महानगरीय प्रहरी परिसरले जनाएको छ ।
सम्बन्धित










एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
हात्तीलाई जिउँदै आगो लगाएको आरोपमा तीन जना पक्राउ
एमालेले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बोलायो
रास्वपाद्वारा समन्वय कार्यदल गठन
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
इक्वेडरका फुटबलर पिनिडाको गोली हानी हत्या
एमालेका निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यले लिए शपथ
प्रतिक्रिया