बलिउड कलाकार मेहरा पक्राउ
मेरोन्यूज
२०७८ जेठ १८ गते १५:५१

काठमाडौँ । ‘ये रिश्ता क्या कहलाता है’ मा नैतिक सिंघानियाको चर्चित भूमिका निभाएका अभिनेता करण मेहरालाई प्रहरीले पक्राउ गरेको छ ।
करणकी श्रीमती तथा अभिनेत्री निशा रावले घरेलु विवादपछि गोरेगांवमा करणविरुद्ध ऊजुरी दर्ता गराएकी भारतीय मिडियाले जनाएको छ । मुम्बई प्रहरीका अनुसार मुद्दा दर्ता भएको छ । केही दिन अघि निशा र करणको वैवाहिक जीवनमा खटपट भएको भन्ने खबर आएको थियो ।
यद्यपि, निशा रावलले यस्तो खबरलाई ठाडै अस्वीकार गरेकी थिइन् । निशाले यसमा केही पनि वास्तविकता नभएको बताएकी थिइन् । निशा र करण सन् २०१२ मा विवाह बन्धनमा बाँधिएका थिए । उनीहरुका एक छोरा पनि छन् ।
‘ये रिश्ता क्या कहलाता है’ मा करण सात वर्षसम्म मुख्य भूमिकामा देखिएका थिए । उनले नैतिक सिंघानियाको भूमिका निभाएका थिए । शोमा हिना खान अपोजिट रोलमा थिए ।
सम्बन्धित












निर्वाचन रोक्ने बहाना स्वीकार्य छैनः योगेश भट्टराई
गैरकानुनी रूपमा अन्तरराष्ट्रिय कल बाइपासमा संलग्न राजवंशी पक्राउ
दक्षिण कोरियाका पूर्वराष्ट्रपति युनविरुद्ध पुनः पक्राउ पुर्जी जारी
निर्वाचन ६४ दिन बाँकीः ६४ वटा राजनीतिक दलले पेस गरे समानुपातिकतर्फको बन्दसूची
राप्रपा र राप्रपा नेपालबीच पार्टी एकता
निर्माता करण श्रेष्ठ समानुपातिक उम्मेदवारको सूचीमा
हामीले आफ्ना कमीकमजोरी पहिचान गरी सुधार्नुपर्छ : प्रचण्ड
पुस १६ गते बुधवारकाे राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
प्रतिक्रिया