कोरोना संक्रमणबाट अर्थविद डा. थापाको निधन

काठमाडौं । अर्थविद डा. गोविन्दबहादुर थापाको कोभिड–१९ संक्रमणका कारण निधन भएको छ । डा. थापाको बाँसबारीस्थित गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रमा उपचारका क्रममा आज निधन भएको हृदयरोग केन्द्रले जनाएको छ ।
कोरोना संक्रमण देखिएपछि एक महिनाअघि अस्पताल भर्ना भएका थापालाई पछिल्लो १५ दिनदेखि भेन्टिलेटरमा राखिएको थियो । राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक थापा मनमोहन अधिकारी नेतृत्वको ९ महिने अल्पमत सरकारका अर्थमन्त्री भरतमोहन अधिकारीका आर्थिक सल्लाहकार थिए ।
थापाले एसियाली विकास बैंकको मनिलास्थित कार्यालयमा आवासीय प्रतिनिधिका रुपमा समेत काम गरेका थिए । थापाले लामो समयदेखि नेपाली अर्थतन्त्रबारे राष्ट्रिय स्तरका पत्रपत्रिका र अनलाइन माध्यममा निरन्तर कलम चलाउँदै आएका थिए ।
अब्बल वामपन्थी अर्थशास्त्री थापा पछिल्लो समय भरतमोहन अधिकारी स्मृति प्रतिष्ठानमार्फत सामाजिक कार्यमा आवद्ध थिए । कास्कीका स्थायी बासिन्दा उनी हाल भने काठमाडौंको बसुन्धरामा बस्दै आएका थिए । थापाका श्रीमती, एक छोरा र एक छोरी छन् ।

















निर्वाचन अवधीमा मौसम प्रणालीमा समस्या छैन – मौसम विभाग
आईसीसी लिग-२ को तयारीका लागि २० खेलाडी छनोट
सरकारले निष्पक्ष रूपमा निर्वाचन सम्पन्न गराउँछः गृहमन्त्री अर्याल
राष्ट्रसंघकी आवासीय संयोजक याहियासँग महासङ्घका अध्यक्ष ढकालको भेटवार्ता
आज २०८२ साल फागुन १३ गते बुधबारको राशिफल
‘मानवीय सहयोगका निम्ति युएई सदा तत्पर छ’
‘फेक रेस्क्यू’मा संलग्न थप दुई जना पक्राउ
आज कतिमा किनबेच हुँदैछ सुन ?
प्रतिक्रिया