जसपामा जुहारी
ठाकुर-महतो पक्ष निष्कासित भएसँगै भट्टराई-यादव पक्ष निकालिए
उहाँहरूले हामीलाई कारबाही गर्नु भयो, हामीले पनि उहाँहरूको पक्षलाई कारबाही गर्यौं

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादव पक्षलाई अर्का अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो पक्षले कारबाही गरेको छ ।
मंगलबार अध्यक्ष ठाकुर, नेता महतोसहित नेताहरू सर्वेन्द्र नाथ शुक्ल र लक्ष्मणलाल कर्णलाई भट्टराई र यादप पक्षले पार्टीबाट निष्कासन गरेको थियो । आफूलाई पार्टीबाट निष्कासन गरेसँगै विपक्षी पक्षलाई पनि आफूहरूले कारबाही गरेको नेता कर्णले जानकारी दिए ।
‘उहाँहरूले हामीलाई कारबाही गर्नु भयो, हामीले पनि उहाँहरूको पक्षलाई कारबाही गर्यौं,’ नेता कर्णले भने, ‘भोलि सरकारमा जाने विषयमा जे जस्तो आइपर्छ त्यहीअनुसार अगाडि बढ्छौँ ।’
आफूहरूमाथि कारबाही गरेलगत्तै ठाकुर र महतो पक्षले पनि यादव पक्षलाई पार्टीबाट निष्कासन गरेको हो ।
सरकारमा जाने विषयलाई लिएर जसपा विभाजनको संघारमा पुगेको हो । जसपाको ठाकुर र महतो पक्ष सरकरमा जाने तयारी गरिरहेको छ भने भट्टराई र यादव पक्ष प्रधानमन्त्रीबाट केपी शर्मा ओलीलाई हटाउने पक्षमा छन्।
जसपाको कार्यकारिणी समितिमा भट्टराई र यादव पक्षको बहुमत छ ।
















नेपाललाई युएईले दियो १२९ रनको लक्ष्य
योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठानजस्ता निकाय खारेज हाेइन, सुधार गर्छाैं: प्रधानमन्त्री
गतिशील सहकारीका अध्यक्ष पाठकविरुद्ध सात दिन म्याद थप
यी हुन् मन्त्रिपरिषद्का निर्णय
सिंहदरबार पुगेर गृहमन्त्रीको राजीनामा माग्ने विद्यार्थी पक्राउ
एमाले अध्यक्ष ओली अस्पतालबाट घर फर्किए
ब्राजिलका राष्ट्रपति भन्छन्- ‘हामी हरेक दिन विश्वलाई धम्की दिने राष्ट्रपतिको सन्देश सुन्दै उठ्न सक्दैनौँ’
स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत प्रदेश मातहत राख्नुपर्छः मुख्यमन्त्री कँडेल
सर्वोच्चको फैसला स्वीकार्ने देउवा पक्षको निष्कर्ष
रास्वपाकाे केन्द्रीय समिति बैठक बस्दै
प्रतिक्रिया