बर्दिया प्रहरीद्वारा ९० घरधुरीलाई स्वास्थ्य सामग्री वितरण
मेरोन्यूज
२०७८ जेठ १८ गते १६:४२

बर्दिया । बर्दियामा अवकाश प्राप्त प्रहरी कर्मचारी र अमर तथा अशक्त प्रहरीका परिवार स्वास्थ्य सामग्री वितरण गरेको छ । बर्दिया प्रहरीले बढैयाताल गाउँपालिकामा बसोबास गर्ने ९० घरधुरीलाई सोमबार सर्जिकल मास्क र साबुन समेतका स्वास्थ्य सामग्री वितरण गरेको छ ।
नेपाल प्रहरीको बार्षिक कार्ययोजना २०७७ अनुसार कोरोना भाईरस (कोभिड १९) को महामारीबाट बच्न, उक्त स्वास्थ्य सामाग्री वितरण गरिएको हो । प्रहरीका अनुसार कल्याणकारी योजनाहरुको क्षेत्र र पहुँच वृद्धि कार्यक्रम अन्तर्गत जिल्ला प्रहरी कार्यालय बर्दियाले स्वास्थ्य सामाग्री वितरण गर्दै आएको छ ।
यसअघि जेठ १३ गते समेत राजापुर नगरपालिमा बसोबास गर्ने अवकाश प्राप्त प्रहरी कर्मचारी र अमर तथा अशक्त प्रहरी परिवारका ३० घरधुरीलाई स्वास्थ्य सामग्री वितरण गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।
सम्बन्धित










प्रधानमन्त्री सँग जाँचबुझ आयोगका प्रतिनिधिको भेट,अर्को साता ओली र लेखकसँग बयान लिने
देशको विकास श्रम संस्कृतिमा निर्भर हुनुपर्छ : अध्यक्ष साम्पाङ
नेपाली कांग्रेसले आगामी निर्वाचनमा भाग लिन्छ : नेता कोइराला
एमाले महाधिवशेन : मतदान जारी, भोट हाल्न एकै व्यक्तिलाई २ घण्टासम्म समय
यस्ता छन् क्रिकेटको महाकुम्भ एनपिएलमा बनेका रोचक तथ्य र ‘रेकर्ड’
ओली समूहमा पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म को-को उम्मेदवार ?
यु–१९ एसिया कपः नेपालले बङ्गलादेशविरुद्ध ब्याटिङ गर्दै
प्रतिक्रिया