त्रैमासिक र अर्धवार्षिक परीक्षाको आधारमा वार्षिक नतिजा

जाजरकोट । जाजरकोट र रुकुम पश्चिमका स्थानीय तहले आन्तरिक मूल्याङ्कन गरेर वार्षिक नतिजा प्रकाशनको तयारी गरेका छन ।
सामुदायिक तथा निजी विद्यालय बन्द भएको लामो समय भइसकेको र नयाँ शैक्षिक सत्र शुरु हुने समय भइसकेको भन्दै यस्तो तयारी गरिएको हो ।
कोरोना भाइरसको दोस्रो भेरियन्ट शुरु हुनुभन्दा अघिसम्म सबै स्थानीय तहमा नियमित पठनपाठन भएको थियो । जिल्लाका सबै स्थानीय तहका अधिकांश विद्यालयले करिब ८० प्रतिशत पाठ पढाएको बताएका छन ।
नलगाड नगरपालिकाले शैक्षिक सत्र २०७७ मा सञ्चालित त्रैमासिक र अर्धवार्षिक परीक्षाको नतिजा तथा निरन्तर विद्यार्थी मूल्याङ्कनका आधारमा नतिजा तयार पारी सार्वजनिक गर्न मातहतका विद्यालयलाई भनेको छ ।
नगरका सामुदायिक तथा संस्थागत विद्यालयलाई शैक्षिक सत्र २०७७ को नतिजा तयार पारी प्रकाशन गर्न भनिएको नगरप्रमुख टेकबहादुर रावलले जानकारी दिए ।
उनका अनुसार कक्षा ५ र ८ को नतिजा तयार पारी जेठ २० गतेभित्र नगरपालिकामा बुझाउन निर्देशन दिइएको छ । जेठ २५ गतेभित्र कक्षा १, २, ३, ४, ६, ७ र ९ को पनि नतिजा तयार पारी विद्यालयमा टाँस्न भनिएको उनले बताए । शिक्षा, युवा तथा खेलकुद शाखाका अनुसार नगरपालिकामा झण्डै ८५ देखि ९० प्रतिशत पढाइ पूरा भएको छ ।
“अब पुरानै शैक्षिक सत्रको पठनपाठन सम्भव छैन”, उनले भने, “कोर्स पनि करिब पूरा भइसकेको सन्दर्भमा पुरानो शैक्षिक सत्रको नतिजा तयार पारी नयाँ वर्षको शुरुआत गर्ने तयारी भइरहेको छ ।”
कोरोना महामारी कम हुनेबित्तिकै नयाँ शैक्षिक सत्र असारबाट शुरु गर्ने तयारी गरिएको उनले बताए ।
भेरी नगरपालिकामा रहेका निजी विद्यालयले पनि त्रैमासिक र अर्धवार्षिक परीक्षाको नतिजा तथा निरन्तर विद्यार्थी मूल्याङ्कन आधारमा नतिजा प्रकाशन गर्न लागेको बताएका छन् ।
त्यस्तै रुकुम पश्चिमको चौरजहारी नगरपालिकाले आन्तरिक मूल्याङ्कनको कार्यविधि तयार पारेको छ । शुक्रबारको नगर कार्यपालिका बैठकले कार्यविधि पारित गरेको र अब कार्यविधिअनुसार विद्यालयहरूलाई मूल्याङ्कन गरी नतिजा बनाउन निर्देशन दिइने निमित्त प्रमुख प्रशासकीय अधिकृत रामबहादुर केसीले बताए ।
बाँफिकोट गाउँपालिकाले पनि आन्तरिक मूल्याङ्कनका आधारमा नतिजा प्रकाशित गर्न परिपत्र गर्ने तयारी गरिरहेको निमित्त प्रमुख प्रशासकीय अधिकृत ज्ञानबहादुर खड्काले बताए ।
आठबीसकोट नगरपालिकामा पनि आन्तरिक मूल्याङ्कनबाटै नतिजा सार्वजनिक गर्न लागिएका नगरप्रमुख गोरखबहादुर केसीले बताए । रुकुम पश्चिमा छ वटा स्थानीय तहले आन्तरिक मुल्याङ्कनलाई आधार बनाएर नतिजा प्रकाशित गर्ने तयारी थालेका छन् ।













बारुदी सुरुङ र विस्फोटक पदार्थ सम्बन्धमा विधायन समितिले सुरक्षा निकायसँग छलफल गर्ने
कर्मचारीमाथि भएको अभद्र व्यवहारको एनआईसी एशिया बैंकद्वारा गम्भीर आपत्ति
कुलमानजीसँगको सहमतिलाई अब औपचारिकता दिन्छौँ : सभापति लामिछाने
US ambassador pays farewell call to President Paudel
बङ्गलादेशमा बीएनपी नेता अजिजुर रहमान मुसब्बिरको गोली हानी हत्या
टी-२० विश्वकपका लागि नेपाली टोलीको जर्सी सार्वजनिक
टी-२० विश्वकपका लागि नेपाली टोली घोषणा, शेर मल्ल पनि समेटिए
राष्ट्रियसभा चुनावमा अन्य दलसँग तालमेल गर्ने कांग्रेसकाे निर्णय
एमाले सचिव शेरधन राई भोजपुरबाट सर्वसम्मत सिफारिस
कांग्रेस कार्यसम्पादन समितिको अर्को बैठक मंगलबार बस्ने
प्रतिक्रिया