मंगलबार, वैशाख ८, २०८३

कोरोना महामारीमा पूर्वराज्यमन्त्री बुढाको तीन लाख सहयोग

मेरोन्यूज २०७८ जेठ १९ गते १०:३०

डोल्पा । डोल्पाबाट निर्वाचित प्रतिनिधि सभा सदस्य तथा पूर्वराज्य मन्त्री धनबहादुर बुढाले कोरोना विरुद्धका स्वास्थ्य सामग्री खरिदका लागि आर्थिक सहयोग गरेका छन् ।

Advertisement
NiccNicc

उनले विश्वव्यापीरूपमा फैलिरहेको दोस्रो लहरको कोरोना भाइरसबाट जिल्लाका नागरिकलाई जोगाउन भन्दै तीन लाख रुपैयाँ सहयोग गरेका हुन् ।

जिल्लामा सञ्चालित ‘नागरिक उद्धार कोष’का लागि दुई लाख र ‘हेल्पिङ हेण्ड’ डोल्पाका लागि एक लाख रुपैयाँ सहयोग गरेको पूर्वराज्यमन्त्री बुढाले जानकारी दिए ।

जिल्लाका युवा अभियानकर्मीहरुले शुरु गरेको आर्थिक सङ्कलन अभियान अत्यन्तै प्रशंसनीय कार्य भएकाले यसमार्फत कोरोना विरुद्धको अत्यावश्यक सामग्री खरिदका लागि सहयोग गरेको बुढाको भनाइ छ ।

विपन्न सङ्क्रमित नागरिकका लागि अक्सिजन सिलिण्डर, औषधि, मास्कलगायतका महत्वपूर्ण सामग्री खरिदका लागि सहयोग गरेको भन्दै उनीप्रति युवा अभियानकर्मीहरुले आभार व्यक्त गरेका छन् ।

दुई सामाजिक संस्थाले शुरु गरेको आर्थिक सङ्कलन अभियानमा देश विदेशबाट सहयोग जुटिरहेको उल्लेख गर्दै अभियानकर्मी बालकृष्ण डाँगीले अत्यावश्यक स्वास्थ्य सामग्री खरिद गरेर अस्पताल, स्वास्थ्य चौकी तथा स्थानीय तहमा वितरण गर्ने क्रम जारी रहेको बताए ।

प्रतिक्रिया