एमालेमा नेता नेपाल र रावललाई हटाएर पार्टी एकताको तयारी

काठमाडौँ । नेकपा एमाले स्थायी कमिटीको बैठक आज अपरान्ह ४ बजे बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको बैठकमा पार्टी एकताका बारेमा थप पहल हुने बताइएको छ ।
पार्टीबाट निष्कासन भएका वरिष्ठ नेता माधव नेपाल र भीम रावलबाहेकका नेपाल पक्षका दोस्रो पुस्ताका केही नेतासँग संवाद चलिरहेको अवस्थामा स्थायी कमिटी बैठक बस्ने भएको हो । बैठकले पार्टी एकताको पक्षमा थप केही लचिलो निर्णय गर्न सक्ने एक नेताले जानकारी दिए ।
प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले नेता नेपाल र रावलसहित केही नेतालाई एकतामा ल्याउन चाहेका छैनन् । तर, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, योगेश भट्टराई, गोकर्ण विष्टलगायतका नेतालाई सम्झाैता गरेरै भए पनि उनीहरूलाई पार्टीमा ल्याउने कोशिसमा छन् ।
तर, नेपाल पक्षका दोस्रो तहका नेताहरू पाण्डे, भुसाललगायले माधव नेपालसहित आफू पक्षका सबै नेतालाई समेट्न ओलीलाई दबाब दिइरहेका छन् ।
मंगलबारको स्थायी कमिटी बैठकले पार्टीलाई एकताबद्ध राख्ने र अर्को पक्षले अनुशासनहीन गतिविधि राखे पनि एकता जोगाउने विषयमा निर्णय भएको थियो ।
















प्रधानमन्त्री सुशीला कार्की र रास्वपा सभापति लामिछानेबीच भेटवार्ता
चालीस हजार स्थायी शिक्षकको व्यक्तिगत अभिलेख ‘डिजिटलाइजेशन’ गरियो
इरानकाे धम्की : हाम्रा आणविक केन्द्रमा आक्रमण भए ति पुनर्निर्माण सम्पन्न नभएसम्म हर्मोजकाे मार्ग खोलिने छैन
सभापति गगन थापाको राजीनामा कांग्रेसद्वारा अस्वीकार
निषेधित क्षेत्रमा पदयात्राबारे अध्यागमन विभागद्वारा सूचना जारी
राष्ट्रिय सभा सदस्य नपाएपछि प्रधानमन्त्रीका सल्लाहकारद्वयकाे राजीनामा !
सुनचाँदीकोे मूल्य निरन्तर ओरालोतिर, आज कतिमा काराेबार हुँदैछ ?
इरानद्वारा डिएगो गार्सियामा क्षेप्यास्त्र प्रहारपछि किन आत्तियाे अमेरिका ?
रास्वपाले संसदीय दलको नेताका लागि निर्वाचन नगर्ने
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु, गगन अनुपस्थित
प्रतिक्रिया