‘भष्मासुरले देशलाई मरूभूमि, नेपालीलाई तातो तावाका माछा बनाउने भो!’

काठमाडौँ । लेखक तथा सामाजिक अभियान्ता खगेन्द्र संग्रौलाले प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्धिको नाममा चुरे क्षेत्रलाई दोहन गर्न खोजेको आरोप लगाएका छन् । उनले ‘समृद्ध नेपाल, सुखी नेपाली’ भन्ने नारा लगाए पनि चुरे क्षेत्रको दोहनबाट सर्वसाधरणको जीवनलाई तातो तावाका माछा जस्तै बनाउन खोजेको बताएका हुन् ।
‘ओलीतन्त्रले नेपाललाई समृद्धि र नेपालीलाई सुखी बनाउन चुरे शृङ्खलाका ९२ ठाउँबाट ढुंगा, गिट्टी र बालुवा भारत पठाउने भएछ,’ उनले भने, ‘भष्मासुर प्रवृत्तिको यो दुष्कर्मले त मान्यवर, नेपाललाई मरूभूमि, नेपालीलाई तातो तावाका माछा सरह बनाउने भो!, जोडजोडले विरोध बोलौँ, यो विधंशक कृत्यलाई बदर गरौैँ ।’
सरकारका अर्थ मन्त्री विष्णु पौडेलले गत जेठ १५ गते अध्यादेशमार्फत बजेट सार्वजनिक गर्दै बजेट घाटा कम गर्न भारतलाई उत्खनन पदार्थ निर्यात गर्ने बताएका थिए । चुरे क्षेत्रको ९२ स्थानबाट ढुंगा, गिट्टी र बालुवा निकालेर भारत पठाउने सरकारको निर्णयसँगै विरोध हुन थालेको छ ।
















शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
काभ्रेपलाञ्चोकमा वर्षौँदेखि खेर जाँदै बहुमूल्य जडीबुटी
US Assistant Secretary Kapur pays courtesy call on Foreign Minister Khanal
सिरहा कारागारमा विवाद, २२ कैदी नियन्त्रणमा
न्युजिल्यान्डका प्रधानमन्त्री क्रिस्टोफर लक्सनलाई पार्टीको पुनः समर्थन
चर्कियो तनाव : होर्मुजमा इरानद्वारा तेल ट्यांकरमाथि आक्रमण
सर्वोच्चका कर्मचारीलेनै पालना गरेनन् नियम
इरानले फेरी बन्द गर्यो स्ट्रेट अफ होर्मुज
एमाले अध्यक्ष ओली अस्पतालबाट घर फर्किए
ब्राजिलका राष्ट्रपति भन्छन्- ‘हामी हरेक दिन विश्वलाई धम्की दिने राष्ट्रपतिको सन्देश सुन्दै उठ्न सक्दैनौँ’
प्रतिक्रिया