यी २५ सेवा प्रदायक क्षेत्रमा हड्ताल गरे कारबाही (सूचीसहित)

काठमाडौँ । गृहमन्त्रालयले मंगलबारदेखि लागु हुने गरी अत्यावश्यक सेवा प्रदायक क्षेत्रमा आम हड्ताल गर्न नपाइने आदेश जारी गरेको छ । मन्त्रालयले एक सूचना जारी गर्दै अत्यावश्यक सेवा क्षेत्रमा हड्ताल गर्न नपाइने आदेश जारी गरेको हो ।
मन्त्रालयले आवश्यक सेवा संचालन ऐन २०१४ को दफा ३ को उपदफा (१) मा भएको अधिकार प्रयोग गरेर सो आदेश जारी गरिएको उल्लेख छ । यसअन्र्तगत टेलिफोन सेवा, हवाईसहित यातायात सेवा, सरकारी छापाखाना, सञ्चार सेवा, बैंकिङ सेवा, विद्युत सेवा, स्वास्थ्यसम्बन्धी सेवालगायत अत्यावश्यक सेवामा आम हड्ताल गर्न नपाइने आदेश जारी गरेको हो ।
यो ऐनअन्तर्गत निषेध गरिएको क्षेत्रमा हड्ताल गरेमा वा त्यसमा भाग लिएमा ६ महिनासम्म कैद वा दुई सय रूपैयाँसम्म जरिवाना वा दुवै सजायको व्यवस्था छ । यस्तै, हड्ताल गर्न वा त्यसमा भाग लिन भाग लिन अरुलाई दुरुत्साहन गरे निजलाई एक वर्षसम्म कैद वा एक हजारसम्म जरिवाना वा दुवै सजाय हुन सक्ने ऐनमा उल्लेख छ ।
मन्त्रालयले कुनै पनि बहानामा यी सेवामा अवरोध नपुर्याउन भनेको छ ।












एमाले फर्किएकी रामकुमारी अत्यधिक मतका साथ केन्द्रीय सदस्यमा विजयी
सुनिता डंगोल एमाले केन्द्रीय सदस्य निर्वाचित
अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ
उपमहासचिव हारेका विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित
लगातार तेस्रोपटक एमाले अध्यक्ष बनेका केपी ओलीको यस्तो छ राजनीतिक यात्रा
यस्ता छन् क्रिकेटको महाकुम्भ एनपिएलमा बनेका रोचक तथ्य र ‘रेकर्ड’
यु–१९ एसिया कप : बंगलादेशसँग पनि हार्याे नेपाल
एमाले महाधिवेशन : दुई जनाकाे उम्मेदवारी खारेज र १५ ले लिए फिर्ता
अनेरास्ववियु अध्यक्षमा ७ मतले पराजित प्रकाश पौडेलले दिए केन्द्रीय सदस्यमा उम्मेदवारी
एमाले महाधिवेशन : अहिलेसम्म कति मत खस्यो ?
प्रतिक्रिया