बुधबार, मंसिर ३, २०८२

कांग्रेस नेता पौडेल पक्षको छुटै बैठक सुरु

मेरोन्यूज २०७८ जेठ १९ गते १४:३६

काठमाडौँ । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल पक्षका केन्द्रीय सदस्यको बैठक सुरु भएको छ । पछिल्लो राजनीतिक घटना क्रम र पार्टीको १४ औँ महाधिवेशनका बारेमा छलफल गर्न आज दिउँसो २ बजेदेखि भर्चुअल बैठक बसेको हो ।

कोरोना महामारी र पार्टीको महाधिवेशनका विषयमा छलफल गर्न बैठक बसेको नेता पौडेलका स्वकीय सचिव चिरञ्चिवी अधिकारीले जानकारी दिए । गत जेठ १३ गते नेपाल प्रेस युनियनको स्थापना दिवसमा पौडेलले महाधिवेशनका लागि दुई विकल्प अगाडि सारेका थिए ।

यस विषयमा सुरुमा आफू पक्षीय नेताहरूसँग छलफल गरेर आगामी जेष्ठ २४ गते बस्ने पदाधिकारी बैठकमा औपचारिक रुपमा प्रस्ताव लैजाने नेता पौडेलको तयारी रहेको बुझिएको छ ।

कांग्रेसको १४ औं महाधिवेशन बाध्यात्मक अवस्थामा पनि हुन नसक्ने परिस्थिति बनेपछि विकल्पको खोजी भइरहेको छ ।

संविधानको धारा २६९ को उपधारा ४ ‘ख’ अनुसार पाँच वर्षभित्र दलले आफ्नो अधिवेशन गर्न नसकेमा ६ महिना म्याद थप्न सक्ने प्रावधान रहेको छ । तर, कांग्रेसले वर्तमान कार्यसमितिको कार्यकाल भदौसम्म थप गरेको छ ।

प्रतिक्रिया