निर्वाचन आयोगले जसपाका दुवै पक्षलाई पठायो पत्र

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)का दुई पक्षबीच भएको विवादका बारेमा निर्वाचन आयोगले पत्र पठाएको छ । आयोगले जसापका अध्यक्षद्वय उपेन्द्र यादव र महन्थ ठाकुरलाई पत्र पठाएको हो ।
मंगलबार दुवै अध्यक्षले एक अर्कालाई पार्टीबाट निष्कासन गरेको भन्दै आफ्नो दलको दर्ता किताबबाट विवरण हटाइदिन आयोगलाई पत्र पठाएका थिए । अध्यक्ष यादव पक्षले आफूहरूले कार्य कारिणी समितिको बैठकबाट ठाकुरसहित राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्लालाई निष्कासन गर्ने निर्णय गरेको आयोगलाई जानकारी गराएको छ ।
यस्तै, आफूहरूलाई यादव पक्षले कारबाही गरेपछि ठाकुर पक्षले पनि बुधबार यादवलाई पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको आयोगलाई जानकारी गराएको थियो । जसपाका दुवै पक्षले मंगलबार आयोगलाई पार्टीबाट एक अर्कालाई निष्कासन गरेको पत्र पठाएका थिए ।
आयोगले दुवै पक्षले पठाएको पत्र नियमावलीको अनुसूचीको ढाँचामा नभएको भन्दै पुनः पत्र लेख्न भनेको छ ।















झापामा दुर्घटनाको क्रम बढ्यो, २५ दिनमा १८ जनाको निधन
के तपाइकाे परिवारमा कसैकाे शरिर काँप्छ ? यी हुन् शरीर काप्ने १० कारण
टी-२० विश्वकपमा आज तीन खेल, नेपाल रहेको समूहबाट भिड्दैछन् स्कटल्याण्ड र इटाली
कोइलाखानी विस्फोटन घटना : खोटाङको एउटै गाउँका तीनको मृत्यु, एक जना बेपत्ता
आज कति छ सुनको भाउ ?
किन आए भारतबाट एसएसबीका पाँच डिआइजी बिराटनगरमा ?
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
निर्वाचनको ४८ घण्टा अगावै नेपाल-भारत सीमानाका बन्द गरिने
रौतहटमा बालिका मृत्यु प्रकरण : कार चालकविरुद्ध ५ दिन म्याद थप
प्रतिक्रिया