डा जनक कोइराला भन्छन्– संक्रमितले आफूखुसी ‘स्टेरोयड’ सेवन गर्न हुँदैन

काठमाडौं । पछिल्लो समयमा कोरोना संक्रमण तीव्र रुपमा फैलिएसँग होम आइसोलेसनमा बस्नेको संख्या पनि बढेको छ । तर होम आइसोलेसनमा बसेका कोरोना संक्रमितले रोग प्रतिरोधात्मक क्षमता बढाउन जथाभावी औषधि सेवन गरेको देखिन्छ तर चिकित्सकले त्यसरी आफुखुसी औषधि सेवन गर्न नहुने बताउँछन् ।
ज्वरो देखिए, जीउ तथा टाउको दुखेमा प्यारासिटामोल खान संक्रामक रोग विशेषज्ञ डा जनक कोइरालाको सुझाव छ । उनले भने, ‘पारासिटामोलबाहेक कोरोना संक्रमितले अरु धेरै भिटामिन, एन्टिबायोटिक खान हुदैन ।’ चिकित्सकको सल्लाहबिना ‘स्टेरोयड’ जस्ता कडा औषधि कुनै पनि हालतमा सेवन गर्न नहुने उनले बताए ।
डा कोइरालाले भने, ‘स्टेरोयडको फाइदाभन्दा धेरै नै बेफाइदा छ ।’
खोकी लागेकाले खोकीकै औषधि लिनु पर्छ । तातोपानीको बाफ लियो भने पनि खोकी कम हुन उनको भनाइ छ । श्वासप्रश्वासमा गाह्रो भएमा वा अक्सिजनको कमी देखिएमा तुरुन्त अस्पताल जान उनले सुझाव दिए ।










आजदेखि बाघ गणना हुँदै
रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै
विदेशमा पढ्नका लागि बाहिरियो ४२ अर्ब ९६ करोड
काँग्रेसद्वारा प्रतिनिधि सभाको निर्वाचनका लागि उम्मेदवार सिफारिस
लुम्बिनीले जित्यो एनपीएल सिजन–२ को उपाधि, सुदूरपश्चिम फेरि स्तब्ध
उपाधि भिडन्तमा सुदूरपश्चिम ८५ रनमै अलआउट, लुम्बिनीका कप्तान रोहितको ह्याट्रिक
एनपीएल फाइनल : लुम्बिनीविरुद्ध पहिले ब्याटिङ गर्दै सुदूरपश्चिम
एनपीएल २ मा यी तीन खेलाडीले जिते बाइक
एसीसी यु–१९ एसिया कपः नेपाल श्रीलंकासँग पराजित
प्रतिक्रिया