चिनियाँ व्यापार प्रतिनिधि, अमेरिकी अर्थमन्त्रीबीच भिडियो वार्ता, अब व्यापार सहज हाेला ?

बेइजिङ । चीनका प्रमुख व्यापार प्रतिनिधि र अमेरिकी अर्थमन्त्री जानेट येलेनबीच पहिलो पटक बुधबार भिडियो संवाद भएको छ । तर दुबै पक्षले पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासन र चीनबीच जारी करवृद्धि युद्ध कहिले समाप्त हुन्छ भन्ने बारेमा केही बताएका छैनन् ।
चीनका प्रमुख व्यापार प्रतिनिधिका रुपमा उपप्रधानमन्त्री लिउ हे ले नेतृत्व गरेका छन् । दुवै नेताले आर्थिक स्थिति, द्वीपक्षीय सहयोग तथा आपसी चासोका अरु विषयमा छलफल गर्नु भएको चीनको वाणिज्य मन्त्रालयले जनाएको छ ।
उता अर्थमन्त्री येलेनको कार्यालयले दुबै मुलुकका आपसी चासोका विषयमा खुला छलफल भएको जानकारी दिएको छ, तर वार्तामा के कुरा भए भन्ने खुलाएको छैन । अमेरिकी राष्ट्रपति जो बाइडेनले पूर्ववर्ती राष्ट्रपति ट्रम्पले चीनसँग शुरु गर्नु भएको करयुद्ध कसरी सम्बोधन गरिनेछ भन्ने बारेमा अहिलेसम्म केही बताएका छैनन् ।
ट्रम्पले चीनको औद्योगिक नीति र चीन–अमेरिका व्यापार घाटाको विषयलाई लिएर चीनबाट आयात हुने सामानमा शृंखलाबद्ध करवृद्धि गरेका थिए । जवाफमा चीनले पनि अमेरिकी सोयाबिन र अरु सामानमा करवृद्धि गर्नुका साथै कतिपय अमेरिकी सामानको आयात रोकेको थियो ।
चिनियाँ उपप्रधानमन्त्री लिउले गत साता अमेरिकी व्यापार प्रतिनिधि क्याथरिन टाईसँग पनि फोनमा कुराकानी गरेका थिए । टाईको कार्यालयले दुबै देशबीचको व्यापार सम्बन्धको समीक्षा गरिरहेको बारेमा चिनियाँ पक्षलाई जानकारी दिइएको जनाएको छ ।
दुवै देशका व्यापार प्रतिनिधिहरुबीच कोभिड–१९ का कारण सन् २०२० को शुरुदेखि नै प्रत्यक्ष भेटवार्ता हुन सकेको छैन । तल्लो तहका अधिकारीहरुबीच फोनबाटै कुराकानी भइरहेका छन् । ट्रम्पकै कार्यकालमा चीन र अमेरिकाबीच पहिलो चरणको सम्बन्ध सामान्यीकरण सम्झौता सन् २०१९ मै भएको थियो ।
उक्त सम्झौतामा थप करवृद्धि योजना तत्कालका लागि स्थगन गर्ने र कतिपय करवृद्धि प्रस्ताव फिर्ता लिइने उल्लेख छ । चीनले पनि अमेरिकी सोयाबिनको आयात गर्ने र अमेरिकी अरु सामानको खरिदलाई बढाउने प्रतिबद्धता जनाएको थियो । तर कोभिड–१९ का कारण विश्वव्यापी व्यापारमा मन्दी छाएसँगै चीनले अमेरिकी प्रतिबद्धता पूरा गर्न सकेको छैन ।









प्रधानमन्त्रीको सचिवालयमा अब कति जना ?
दक्षिण अफ्रिकाद्वारा जी–२० को नेतृत्व अमेरिकालाई हस्तान्तरण
रास्वपा र विवेकशील साझाबीच एकता हुने
एनपिएलः अपराजित विराटनगर किङ्ग्सको यात्रामा चितवन राइनोजले लगायाे ब्रेक
रवी बोपरा बने एनपिएलमा ह्याट्रिक अर्धशतक हान्ने पहिलो खेलाडी
श्रीमतीसहितका नातेदारलाई सचिवालयमा नियुक्ति दिलाएका प्रधानमन्त्रीका स्वकीय सचिवलाई तत्काल बर्खास्त गर्न जेनजी फ्रन्टको माग
के पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको जेलभित्रै हत्या भएकाे हाे ?
आज २०८२ साल मंसिर ९ गते मंगलबारको राशिफल
बागलुङमा थपिए ५ हजार ३९३ मतदाता
बलिउड अभिनेता धर्मेन्द्रको निधन
प्रतिक्रिया