नदीजन्य पदार्थ अवैधरुपमा उत्खनन् गर्ने जेसीबी, टिप्पर र ट्याक्टर नियन्त्रणमा

बाँके । बर्दियामा नदीजन्य पदार्थ अवैधरुपमा उत्खनन गरी ओसारपसार गरेको अभियोगमा जेसीबी, टिप्पर र ट्याक्टरलाई जिल्ला प्रहरी कार्यालयले नियन्त्रणमा लिएको छ ।
बारबर्दिया नगरपालिका–२ लठुवाघाटस्थित बबई नदीमा अवैध रुपमा उत्खनन् गरिरहेको अवस्थामा ३ वटा ट्रिप्पर, १ वटा जेसीबी र १ वटा ट्याक्टर नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक ईश्वर कार्कीले बताए ।
यसैबीच, बाँकेको नेपालगन्ज भन्सार कार्यालयमा राजस्व सङ्कलन गत वर्षको तुलनामा वृद्धि भई रु १७ अर्ब ८० करोड सङ्कलन भएको छ । नेपालगन्ज भन्सार कार्यालयका बाँकेका प्रमुख भन्सार अधिकृत जयबहादुर भण्डारीका अनुसार यस आर्थिक वर्षमा सरकारले रु १८ अर्ब लक्ष्य तोकेको थियो ।
गत आर्थिक वर्षमा रु १५ अर्ब १८ करोड सङ्कलन भएको थियो । नेपालको सबैभन्दा बढी राजस्व सङ्कलन हुने सिमा नाका नेपालगन्ज भन्सार कार्यालय बाँके हो । यसलाई मुलुकको आयात–निर्यातहरु नियन्त्रण गर्ने अन्तराष्ट्रिय ठूलो व्यापारिक केन्द्र मानिन्छ । कोरोना महामारीको प्रतिकूल समयमा पनि भन्सार चुहावट हुन नदिइ सङ्कलन गराइएको भण्डारीले बताए ।
















महिलाहरुको तल्लो पेट किन दुख्छ ? कारण र उपचार
झापामा दुइवटा मोटरसाइकल एकापसमा ठक्कर खाँदा एक जनाकाे मृत्यु, एक गम्भीर घाइते
डिजिटल प्रबिधिबाट निर्वाचन परिणाम सार्वजनिक गरिने
‘फेक रेस्क्यू’मा संलग्न थप दुई जना पक्राउ
‘मानवीय सहयोगका निम्ति युएई सदा तत्पर छ’
चुनावमा घाइते हुने सुरक्षाकर्मीको उपचार खर्च सरकारले बेहोर्ने
गृहमन्त्री अर्यालद्वारा ‘जेनजी’ युवाहरुको अनशन तोडाइयो
सिंहदरबार पुनर्निर्माण गर्न सकिन्छ तर रित्तिएको आमाको कोख कहिल्यै भरिँदैन : रवि लामिछाने
प्रतिक्रिया