नदीजन्य पदार्थकाे दाेहन राेक्न पूर्वमन्त्री पाेखरेलकाे माग

काठमाडाैं । नेकपा (माओवादी केन्द्र)का स्थायी समिति सदस्य एवं पूर्वमन्त्री गिरिराजमणि पाेखरेलले महाेत्तरी जिल्लाबाट अवैधरूपमा नदीजन्य उत्पादनकाे दाेहन भइरहेकाे भन्दै नियन्त्रणका लागि सराेकारवालालाई आग्रह गरेका छन् ।
आज प्रेस विज्ञिप्त जारी गर्दै उनले बर्दिबास नगरपालिका वडा नं ६, ७र ९ (साविक किसाननगर र पशुपतिनगर गाविस)र भंगाहा–४ रामनगर स्थित रातु खोलामा क्रसर उद्याेग व्यवसायी र ठेकेदारको मिलेमतोमा अवैधरूपमा नदीजन्य पदार्थकाे दाेहन भइरहेकाे बताएका छन् ।
ढुंगा, गिटी, बालुवा उत्खनन बिक्री तथा व्यवस्थापनसम्बन्धी मापदण्ड, २०७७ काे उल्लंघन गरी केही दिनदेखि अनियमित ढङ्गबाट नदीको उत्खनन कार्य भइरहेको उनले बताएका छन् ।
खोलाको दोहनले नदी किनारका बासिन्दा तथा किसानको उव्जाउ भूमि बन्जर बनाउँदै लगेको र जनताको तटबन्ध समेत धरापमा परेको उल्लेख गर्दै उनले तत्कालै नदी दाेहन राेकी कारवाही अगाडि बढाउन बर्दिवास नगरपालिका, भंगाहा नगरपालिका र सरोकारवालामा अनुराेध गरेका छन् ।










इन्डोनेसियाको जकार्तामा अब कुकुर, बिरालो र चमेरोको मासु बेच्न नपाइने
अरनिको राजमार्गअन्तर्गत धुलिखेल–खावा सडक विस्तार सुरु
रवि बोपाराको अर्धशतकमा चितवनले विराटनगरलाई दियाे १७५ रनको लक्ष्य
सर्वोच्च अदालत जलाएको आरोपमा ल क्याम्पसका पूर्व सभापति ढुंगेल पक्राउ
श्रीमतीसहितका नातेदारलाई सचिवालयमा नियुक्ति दिलाएका प्रधानमन्त्रीका स्वकीय सचिवलाई तत्काल बर्खास्त गर्न जेनजी फ्रन्टको माग
सशस्त्रको प्रवक्तामा डिआइजी थापा
छुटे दुर्गा प्रसाईं
के पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको जेलभित्रै हत्या भएकाे हाे ?
प्रतिक्रिया