नदीजन्य पदार्थकाे दाेहन राेक्न पूर्वमन्त्री पाेखरेलकाे माग

काठमाडाैं । नेकपा (माओवादी केन्द्र)का स्थायी समिति सदस्य एवं पूर्वमन्त्री गिरिराजमणि पाेखरेलले महाेत्तरी जिल्लाबाट अवैधरूपमा नदीजन्य उत्पादनकाे दाेहन भइरहेकाे भन्दै नियन्त्रणका लागि सराेकारवालालाई आग्रह गरेका छन् ।
आज प्रेस विज्ञिप्त जारी गर्दै उनले बर्दिबास नगरपालिका वडा नं ६, ७र ९ (साविक किसाननगर र पशुपतिनगर गाविस)र भंगाहा–४ रामनगर स्थित रातु खोलामा क्रसर उद्याेग व्यवसायी र ठेकेदारको मिलेमतोमा अवैधरूपमा नदीजन्य पदार्थकाे दाेहन भइरहेकाे बताएका छन् ।
ढुंगा, गिटी, बालुवा उत्खनन बिक्री तथा व्यवस्थापनसम्बन्धी मापदण्ड, २०७७ काे उल्लंघन गरी केही दिनदेखि अनियमित ढङ्गबाट नदीको उत्खनन कार्य भइरहेको उनले बताएका छन् ।
खोलाको दोहनले नदी किनारका बासिन्दा तथा किसानको उव्जाउ भूमि बन्जर बनाउँदै लगेको र जनताको तटबन्ध समेत धरापमा परेको उल्लेख गर्दै उनले तत्कालै नदी दाेहन राेकी कारवाही अगाडि बढाउन बर्दिवास नगरपालिका, भंगाहा नगरपालिका र सरोकारवालामा अनुराेध गरेका छन् ।

















इरान वार्ता अघि नबढे इरानमा पुनः ‘बमबारी’ हुनसक्ने राष्ट्रपति ट्रम्पको भनाइ
नेपालले यूएईलाई आठ विकेटले हरायो
रातो मछिन्द्रनाथको जात्रा सुरु (तस्वीरहरू)
ओमानसँग खेल्ने नेपाल ‘ए’ टोलीको घोषणा
रास्वपाकाे केन्द्रीय समिति बैठक बस्दै
आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
एम्बुलेन्सको ठक्करबाट एकै परिवारका दुई जनाको मृत्यु
याडियाको नयाँ वर्ष अफर : शून्य प्रतिशत ब्याजदरमा इएमआईसँगै आकर्षक उपहार
प्रतिक्रिया