आइतबार, जेठ ४, २०८२

राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच भेटवार्ता

मेरोन्यूज २०७८ जेठ १९ गते २१:२३

काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । राष्ट्रपति भण्डारीलाई भेट्न प्रधानमन्त्री ओली साढे ६ बजे शीतलनिवास पुगेका थिए ।

भेटवार्तामा सत्तारूढ दल नेकपा (एमाले) भित्र देखिएकाे विवादका विषयमा कुराकानी भएकाे स्राेतले बतायाे । पछिल्ला केही दिनयता राष्ट्रपति भण्डारी एमालेभित्र देखिएकाे विवाद मिलाउन सक्रिय देखिएकी छिन् ।

उनले वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका नेतासँगकाे भेटलाई बाक्लाे बनाएकी छिन् ।

प्रतिक्रिया